site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुमारी बैंकले ल्यायो तिजको अवसरमा क्यास ब्याक योजना

काठमाडौं । कुमारी बैंक लिमिटेडले तिजका अवसरमा आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुनेगरी खोलिएका महिला खातावालालाई लक्षित गरी क्यास ब्याक योजना सञ्चालन गरेको छ । 

निरन्तर रूपमा सरल, सहज तथा नवीनतम् सेवा सुविधा दिँदै आएको कुमारी बैंक लिमिटेडले विदेशबाट रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला लाभग्राहीहरूका खाताबाट डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत रकम भुक्तानी गर्दा तिजको शुभकामना स्वरुप १०० रुपैयाँको क्यास ब्याक योजना सञ्चालनमा ल्याएको हो ।

यही भदौ २० देखि २६ गतेसम्म प्रत्येक दिन २५ सेवाग्राहीलाई यो योजनामा समेटिने बताइएको छ ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro