देश

काठमाडौं । घरेलु कामदारको रूपमा राखेकी १७ वर्षीया बालिकालाई तीन वर्षदेखि जबरजस्ती करणी गरिरहेको आरोपमा एकजना पक्राउ परेका छन् ।
कुलेश्वर आवासीय क्षेत्रबाट एकजना ५४ वर्षीय पुरुषलाई पक्राउ गरिएको हो । उनको परिचय भने खुलाइएको छैन ।
काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको बाल श्रमविरुद्धको अभियानमा आएको जानकारी अनुसार, ती पुरुषले विगत ६ वर्षदेखि ती बालिकालाई घरेलु कामदारका रूपमा राखेका थिए ।
काठमाडौं महानगर, बाल हेल्पलाइन, बालबालिका खोज तलास केन्द्र १०४ र राष्ट्रिय बाल अधिकार परिषद्को संयुक्त अनुगमन तथा जाहेरी प्रतिवेदनका आधारमा उनलाई निवासबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१ १८:१२
प्रतिक्रिया दिनुहोस्