site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हरिवंश र प्रकाशको मुख्य भूमिकामा ‘हरिबहादुरको जुत्ता’ बन्ने

काठमाडौं । अभिनेता हरिवंश आचार्य र प्रकाश सपूतको मुख्य भूमिका रहनेगरी चलचित्र ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । 

चलचित्रलाई निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्नेछन् । सरोज ओलीको निर्माण रहने चलचित्रको पटकथा तथा संवाद हरिवंशले लेखेको निर्माण पक्षले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।  

“मेरो मनमा एउटा कन्सेप्ट थियो,” अभिनेता तथा लेखक हरिवंशले भने, “सरोज ओली भाइलाई सुनाएपछि यसमा म आफैँ फिल्म बनाउँछु भनेर उहाँ हौसिनुभयो । त्यसपछि फिल्मको लिड रोलमा पनि मलाई नै अनुबन्धित गर्नुभयो ।” कथाको आइडिया फरक रहेकाले चलचित्र राम्रो बन्छ भन्नेमा आफू ढुक्क रहेको उनले बताए । 

अभिनेताद्वय हरिवंश र प्रकाशसँग निर्देशक दीपेन्द्रको यो पहिलो सहकार्य हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  ०७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro