site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
'होलिडे ओपीडी' विवाद : सरकार निर्देशन दिएको दियै, थप सुविधा नपाए नखट्ने अडानमा कर्मचारी
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पछिल्लो निर्देशनसँगै 'होलिडे ओपीडी' विवादले स्वास्थ्य क्षेत्र तातिएको छ । सार्वजनिक बिदाका दिनमा अस्पतालका बहिरंग सेवा (ओपीडी) सेवा प्रवाह गर्नुपर्ने प्रधानमन्त्री कार्यालयको निर्देशनपछि अस्पताल तथा कर्मचारी यसको आलोचनामा उत्रिएका छन् ।

विशेष गरी, चिकित्सक स्वास्थ्यकर्मीले जनशक्ति अभाव र सेवा सुविधाको विषय उठाउँदै सरकारी निर्णयको विरोध गरिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने दुई दिनका बीचमा दुईवटा सर्कुलर जारी गर्दै निर्णय कार्यान्वयनका निम्ति अस्पतालहरूलाई निर्देशन दिइरहेको छ ।

mohp-1725468848.jpgमन्त्रालयले २४ वटा सार्वजनिक बिदाका दिन नै तोकेर ती दिनमा ओपीडी सञ्चालन गर्न तीनै तहका स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

Dabur Nepal
NIC Asia

यस्ता छन् बिदाका दिन ओपीडी खोल्नुपर्ने कानुनी आधारहरू

सार्वजनिक बिदाका दिनमा ओपीडी सेवा सञ्चालन गर्ने सरकारको निर्णय नयाँ भने होइन । यसअघि, पटकपटक प्रस्ताव ल्याउने र कार्यान्वयन हुन नसकेको योजना हो ।

२०८० माघ २९ गते प्रकाशित २०८१ सालका सार्वजनिक बिदासम्बन्धी नेपाल राजपत्रमा मुलुकभरि सार्वजनिक बिदा हुने दिन भनी २७ वटा पर्व, दिवसलगायत बिदा तोकिएको छ । 

तर, सोही राजपत्रको खण्ड १० मा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्था गरिएको छ । सो व्यवस्थामा २३ वटा सेवाको प्रकार छुट्याएर ती सेवा बिदाका दिनमा समेत अन्य दिनसरह नियमितरूपमा सेवा प्रवाह गर्नुपर्ने उल्लेख छ ।

Open_OPD_in_Public_Holiday-1725468848.jpgयसको व्याख्यामा अन्य केही निकायसँगै अस्पतालले पनि सार्वजनिक दिनमा समेत दैनिक काम नरोकिने गरी सेवा प्रवाह गर्नुपर्ने उल्लेख छ ।

यसरी बिदाका दिन सेवा प्रवाह गर्ने निकायले कर्मचारीको आलोपालो मिलाएर सट्टा बिदाको व्यवस्था मिलाउनुपर्ने राजपत्रमा उल्लेख छ ।

सार्वजनिक निकायहरूले सेवा प्रवाह गरे/नगरेको जिल्ला प्रशासन कार्यालय, सम्बन्धित मन्त्रालय तथा विभागले अनुगमनसमेत गर्नुपर्ने व्यवस्था सोही खण्डमा उल्लेख छ ।

राजपत्रमा उल्लेख भएअनुसार गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भदौ ७ गते स्वास्थ्य तथा जनसंख्यामन्त्राललाई पत्राचार गरेको थियो । मन्त्रालयले सोही निर्देशनलाई आधार मानी भदौ १६ गते संघीय अस्पतालहरूलाई निर्णय कार्यान्वयन गर्न सर्कुलर गरेको थियो ।

मन्त्रालयको सर्कुलरमा स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले आपत्ति जनाएपछि मन्त्रालयले भदौ १८ गते पुन: विज्ञप्ति जारी गर्‍यो । विज्ञप्तिमा मन्त्रालयले २४ वटा सार्वजनिक बिदामा सर्वसाधारणको सुविधाका निम्ति ओपीडी सेवा सञ्चालन गर्न सबै अस्पताललाई आग्रह गरेको छ ।

मन्त्रालयले तोकेका २४ बिदामा रामनवमी, वैशाख पूर्णिमा, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, क्रिस्मस डे, धान्य पूर्णिमा, तमु ल्होसार, माघे सङ्क्रान्ति, सोनम ल्होसार, महाशिवरात्रि ग्याल्पो ल्होसार, इद उल फित्र, बकर इद, गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रा, गणतन्त्र दिवस, सहिद दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस, बुद्ध जयन्ती, पृथ्वी जयन्ती छन् । 

किन रुष्ट छन् चिकित्सक स्वास्थ्यकर्मी ?

स्वास्थ्य मन्त्रालयले सार्वजनिक बिदामा ओपीडी सञ्चालन गर्न परिपत्र गरेसँगै नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्यकर्मी संघ, स्वास्थ्यकर्मी युनियनलगायत सरोकारवाला संघसंगठन यसको विरोधमा खरो ढंगले उत्रिएका छन् । नेपाल चिकित्सक संघले भदौ १८ गते विज्ञप्ति जारी गर्दै सरकारको निर्णय अवैज्ञानिक र अव्यवहारिक भन्दै यसको विरोध गरेको छ ।

"स्वास्थ्यकर्मीहरूको शारीरिक र मानसिक स्वास्थ्यको बेवास्ता गर्दै बिदाका दिनहरूमा समेत बहिरंग सेवा सञ्चालन गर्ने कुरा मानवताको दृष्टिकोणले अव्यवहारिक तथा अवैज्ञानिक भएकाले निर्णय अविलम्ब फिर्ता लिन जोडदार माग गर्दछौँ," संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

nma-(1)-1725468851.jpg

nma-2-1725468850.jpg

स्वास्थ्य क्षेत्रमा जनशक्ति कम र सेवा सुविधा पनि ज्यादै न्यून रहेको अवस्थामा बिदाका दिनमा ओपीडी सञ्चालन गर्न सम्भव नभएको संघको ठहर छ ।

सातामा दुईदिने अन्तर्राष्ट्रिय अभ्यासविपरीत सरकारले अन्यायपूर्ण निर्णय गरेको संघले जनाएको छ । आराम गर्ने समयसमेत नदिँदा उनीहरूमा मानसिक समस्या निम्तिएर सेवा प्रवाहमा ह्रास आउने र यसले सामाजिक विचलनसम्म पुर्‍याउने संघको निष्कर्ष छ ।

नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे सरकारले सरोकारवालाहरूसँग परामर्श र समन्वयबिना सस्तो लोकप्रियताका निम्ति यस्तो निर्णय गरेको आरोप लगाउँछन् । यसअघि, पनि बिदामा ओपीडी चलाउन ट्रायल गरेर सरकार फेल भएको उनको भनाइ छ ।

नागरिकको सेवाका हिसाबले सरकारको निर्देशन सही भए पनि सरोकारवालहरूसँगको सल्लाहबिना गरिएकाले स्वास्थ्यकर्मीहरूको असन्तुष्टि रहेको उनले प्रस्ट पारे । यसअघि, कोभिडकालमा खटिने स्वास्थ्यकर्मीले पनि जोखिम भत्ता नपाएको र अतिरिक्त बिदाको पनि कार्यान्वयन नभएको स्मरण गर्दै उनले आक्रोश पोखे, “कर्मचारीलाई सेवा सुविधा र प्रोत्साहन भत्ताबाट वञ्चित गर्ने अनि एक्स्ट्रा काम गर भन्ने ?”

यो निर्णय कार्यान्वयन गर्नैपरे पहिलो जनशक्ति थप गर्नुपर्ने, दोस्रो भत्ता तथा सुविधाको टुंगो लगाउनुपर्ने र तेस्रो संघ संगठनहरूसँग प्रतिनिधिमूलक समन्वय हुनुपर्ने संघको सर्त रहेको घिमिरे बताउँछन् ।

स्वास्थ्यकर्मीहरूसँग सरोकार राख्ने अन्य संघसंगठन पनि बिदाका दिन ओपीडी चलाउने सरकारको कदमको आलोचना गरिरहेका छन् । 

नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को नियम ५५ र ५६ मा सार्वजनिक बिदाका दिनमा खटिने कर्मचारीको सेवा सुविधाबारे व्यवस्था छ । यसमा भनिएको छ, "स्वास्थ्य संस्था, अस्पताल, हेल्थपोस्टजस्ता सार्वजनिक बिदाको दिनमा काम गर्नुपर्ने कार्यालयहरूमा कार्यरत कर्मचारीहरूले सार्वजनिक बिदाको दिन काम गरेबापत सट्टा बिदा पाउन सक्ने छन् ।"

यसरी पालो मिलाई सट्टा बिदा लिन नसकेको जति अवधिको तलब बराबरको भुक्तानी दिइने उल्लेख छ ।

health-1725468848.PNG
 

यस्तै, नियम ५६ मा अतिरिक्त सेवा बिदाको व्यवस्था छ । जसमा भनिएको छ, "स्वास्थ्य संस्था, अस्पताल, हेल्थपोस्टमा हप्तामा चालिस घण्टा भन्दा बढी काम गर्नुपर्ने कर्मचारीहरूले बढी समय काम गरेबापत अतिरिक्त सेवा बिदा पाउने छन् । त्यस्तो बिदा अर्को तीन महिनाभित्रमा पालो मिलाई लिन सक्ने छन् ।"

सो नियमबमोजिम पालो मिलाई अतिरिक्त सेवा बिदा लिन नपाए जति अवधिको तलब बराबरको भुक्तानी दिइने नियमावलीमा उल्लेख छ ।

यी अस्पतालमा चल्छन् बिदाका दिनमा पनि ओपीडी, के छ कर्मचारीलाई सुविधा ?

सार्वजनिक बिदाका दिन सेवा सञ्चालन गर्ने सरकारी निर्णयको विरोध भइरहँदा केही ठूला अस्पतालले भने बर्सौंदेखि ती दिनमा ओपीडी सेवा प्रवाह गरिरहेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा हाफ, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले हाफ, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले हाफ र पाटन स्वासथ्य विज्ञान प्रतिष्ठानले फुल ओपीडी चलाइरहेका छन् । 

त्रिवि शिक्षण अस्पतालमा बिहान ८ देखि दिउँसो १ बजेसम्म ओपीडी सञ्चालन गरी करिब १५ सय बिरामीलाई सेवा दिने गरिएको छ । अन्य दिनमा यो संख्या २२ सयको हाराहारीमा हुन्छ ।

सार्वजनिक बिदाका दिनमा पनि सबै कर्मचारी उपस्थित हुने र उनीहरूलाई सो दिन खटिएबापत अस्पतालको आन्तरिक स्रोतबाट एक दिनको पारिश्रमिकका दरले अतिरित्त भत्ता उपलब्ध गराउने गरिएको अस्पतालका प्रशासन प्रमुख प्रमोदकुमार निरौलाले बताए ।

बुधबार र शनिबार ओपीडी सेवा बन्द गर्दै आएको पाटन अस्पतालमा सार्वजनिक बिदाका दिनमा पूरै ओपीडी सेवा सञ्चालन हुन्छ । सो दिन सबै कर्मचारी उपस्थित हुने र उनीहरूले मासिक पारिश्रमिकभित्रैबाट सेवा प्रवाह गरिरहेको अस्पतालका प्रशासन प्रमुख तीर्थ भुजेलले जानकारी दिए । वीर अस्पतालका प्रशासन प्रमुख मोहन प्रसाद कोइराला तत्कालको अवस्थामा सार्वजनिक बिदामा ओपीडी चलाउन कठिन भए पनि असम्भव भने नभएको बताउँछन् ।

सरकारले जनशक्ति थप गरी भत्ता सेवा सुविधालगायत सबै विषयमा टुंगो लगाएर निर्णय कार्यान्वयन गर्दा सेवाग्राहीलाई सहज हुने उनको विश्वास छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  ०७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu