site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पलेशाले पाउने ६५ लाख पुरस्कार रकममा सरकारले कर छुट दिने

काठमाडौं । सरकारले पेरिस पारालम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनले पाउने ६५ लाख पुरस्कार रकममा कर छुट दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत पलेशाले पाउने पुरस्कार रकममा कर छुट दिइने जानकारी गराएका हुन् ।

"पारा ओलम्पिकमा पलेशा गोवर्धनले नेपाललाई खुसी दिनुभयो । नेपाललाई पहिलोपटक ओलम्पिक पदक दिलाउने पलेशालाई हार्दिक बधाई," ओलीले भनेका छन् । 

राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ मा व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेल/ग्रीष्मकालीन/शीतकालीन/पारा/विशेष तथा र विश्वकप फुटबलमा कांस्य पदक जित्ने खेलाडीलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था छ । सोहीअनुसार पलेशाले पुरस्कार पाउन लागेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  २०:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro