site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित
Tiktok banner adTiktok banner ad

काठमाडौं । विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकले सो विधेयक संशोधनसहित पारित गरेको हो । 

सो विधेयकसम्बन्धी समितिको प्रतिवेदनको मस्यौदालाई आवश्यक संशोधनसहित पारित गरिएको समितिकी सभापति विमला सुवेदीले जानकारी दिइन् । साथै, समितिको बैठकले सो विधेयक प्रतिनिधिसभाको आगामी बैठकमा पेस गर्नका लागि सभामुख देवराज घिमिरेलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । 

बैठकमा समितिका सदस्यहरूले सरकारले दिएको कार्यतालिकाअनुसार कानुन निर्माण कार्यलाई बाध्यकारी बनाउनुपर्नेमा जोड दिएका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तीले सरकारले तय गरेका कार्यक्रमलाई कार्यान्वयन गर्न पनि सरकारले समयमै कानुन निर्माणको काम सम्पन्न गर्नुपर्ने भएकाले ती विषयलाई पनि कानुनमा समेटेर अघि बढ्न आवश्यक रहेको बताए ।
 
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले तत्काल कुनै विधेयक तर्जुमा गर्नुपरे बाधा नआउने गरी कानुनी व्यवस्था गर्नुपर्ने बताइन् । उनले सरकारले ल्याएको कानुन निर्माणसम्बन्धी कार्यतालिका तलमाथि गर्न नहुने पनि उल्लेख गरिन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro