site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
पलेशालाई हार्दिक बधाई तथा शुभकामना !
SkywellSkywell

नेपालमा पनि ‘ओलम्पिक्स’ पदक भित्रिएको छ । नियमित ओलम्पिक खेलमा तामझाम धेरै भए पनि पदक भने पारालम्पिकमा प्राप्त भएको हो । पारालम्पिक अपाङ्गता भएका खेलाडीहरूको विश्वस्तरीय खेलकुद प्रतियोगिता हो । 

पहिले खासै चासो नराखे पनि पलेशा गोवर्धनले नेपाललाई तेक्वान्दोमा कास्य पदक दिलाएपछि भव्य स्वागत गरिएको छ । पेरिसमा पारालम्पिक्स, २०२४ अन्तर्गत भएको पारातेक्वान्दोको महिला ५७ केजीमुनिको प्रतियोगितमा पलेशाले  कांस्य पदक जितेकी हुन् ।

Dabur Nepal
NIC Asia

पलेशालाई युवा तथा खेलकुदमन्त्रीलगायतले विमानस्थलमै स्वागत गरेका थिए । उनलाई ससम्मान नगरपरिक्रमा गराइएको छ । नेपालका खेलाडी जुन वर्गमा भए पनि सम्भावनायुक्त छन् भन्ने यसबाट पुनः पुष्टि भएको छ । 

पलेशाको विजयी निश्चय पनि राष्ट्रिय हर्ष र गौरवको विषय हो । पलेशाले भनेजस्तै यो सफलताको अपनत्व सबै नेपालीले लिनसक्छन् । राज्यको साथ र सहयोग पाउने हो भने अझै अगाडि बढ्ने उनको सपना पनि पक्कै पूरा हुनेछ । 

पारालम्पिक्स खेलाडीले राष्ट्रलाई पहिलो ओलम्पिक पदक दिलाएको विषयलाई मन्त्रीलगायत खेलकुद परिषद्का पदाधिकारीले कति गम्भीरतापूर्वक लिनेछन् भन्ने आउँदा दिनमा देखिने नै छ । नेपालको अपाङ्गता अधिकार आन्दोलनप्रति पनि राज्यको ध्यानाकर्षण गराउन सके पलेशाको विजय थप सार्थक हुनेछ । 

नेपालको सरकारमात्र होइन समाज र परिवारसमेतमा अपाङ्गता भएका व्यक्तिको क्षमताप्रति भ्रम र दुराग्रह रहेको छ । अपाङ्गता भएका विद्यार्थीलाई भर्ना नगर्ने विद्यालय भएको मुलुकमा अरू धेरै अपेक्षा गर्नु पनि सायद मूर्खता हुन्छ ।

अपाङ्गताका भएका व्यक्तिहरूको समान अवसर उपलब्ध गराउने न्यायोचित अधिकार चरितार्थ गर्न समय लाग्ला । तर, खेल क्षेत्रमा अपाङ्गता भएका खेलाडीलाई समान अवसर र सुविधा प्राप्त भए खेर नजाने रहेछ भन्ने त पलेशाको उपफब्धिले पुष्टि गरिसकेको छ ।

व्यावसायिक क्षेत्रका साथै राज्यले पनि अपाङ्गता भएका खेलाडीको खोजी र तालिममा उपयुक्त प्राथमिकता दिनुपर्छ भन्ने सरकारी पदाधिकारीले पनि बुझिसकेको हुनुपर्ने हो । हामी कीर्तिमानी पलेशा गोवर्धनलाई हार्दिक बधाई तथा अझ अगाडि बढ्ने सफलताको शुभकामना !
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu