site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मापदण्डविपरीत खाद्य पदार्थ उत्पादन गर्नेविरुद्ध मुद्दा दायर

जनकपुरधाम । खाद्य प्रविधि तथा गुण नियन्त्रण  कार्यालय जनकपुरधामले मानव स्वास्थ्यमा असर पर्ने तथा सरकारले तोकेको मापदण्डविपरीत खाद्यपदार्थ उत्पादन र बिक्री वितरण गर्नेविरुद्ध मुद्दा दायर गरेको छ । उक्त कार्यमा संलग्न उद्योग सञ्चालकमाथि मुद्दा दायर गरिएको हो । 

कार्यालयले उद्योगको नमुना जाँच गर्दा गुणस्तरहीन खाद्यपदार्थ उत्पादन गरेको जाँचको क्रममा फेला परेपछि गत आर्थिक वर्ष २०८०/८१ मा ती मुद्दा दायर गरेको हो । मधेस प्रदेशको आठ जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयअन्तर्गतका कार्यालयले विभिन्न उद्योगबाट उत्पादित सामग्रीको जाँच गर्दा गुणस्तरहीन खाद्यपदार्थ भेटिएपछि मुद्दा दायर गरिएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत प्रवीण तिवारीले बताए । 

खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय जलेश्वर, मलगङ्वा, वीरगञ्ज, जनकपुर तथा राजविराजस्थित डिभिजन कार्यालयले आ–आफना सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । 

अधिकृत तिवारीका अनुसार गत आर्थिक वर्षमा मधेश प्रदेशको आठ जिल्लाबाट तीन हजार पाँच सय ८७  खाद्यपदार्थको नमुना जाँच गर्दा ७४ वटा न्यून गुणस्तरीय पाइएका थिए । तीमध्ये ३१ वटाको मुद्दा दायर, १६ वटाको बयान सकिएको तथा अन्यको बयान लिन बाँकी रहेको छ । सो कार्यालयले  उक्त अवधिमा खाध अनुज्ञापत्र  वितरण, नवीकरण र कारबाहीबापत रु २६ लाख ७७ हजार राजस्व संकलन गरेको छ ।

कार्यालयअन्तर्गत मधेस प्रदेशमा चारवटा डिभिजन कार्यालय रहेका छन् । त्यहाँबाट बजारको अनुगमन तथा नमूना संकलन कार्य भई खाद्यपदार्थको जाँच गर्ने र गराउने कार्य हुने गरेको प्रमुख तिवारीले बताए ।

दूध तथा दुग्ध पदार्थ, तेल र तेलहन पदार्थ, फल तथा सागपात, मसला, चिया, कफी, नुन, दाल, दलहन, प्रोशोधित पिउने पानी, गुलियोपदार्थ, मासु, दाना लगायतका खाद्यपदार्थको नमुना जाँच गरिएको कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro