site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सामसङको ग्यालेक्सी ए०६ नेपालमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । सामसङको ए–श्रृंखलाअन्तर्गत ग्यालेक्सी ए०६ नेपाली बजारमा भित्रिएको छ । ग्यालेक्सी ए०६ लाई स्लिकर र स्लिमर डिजाइनमा अपग्रेड गरिएको कम्पनीले जनाएको छ ।

यो फोनमा पावरफुल ५० एमपी प्राइमरी क्यामेरा, २ एमपी डेप्थ सेन्सर र ८ एमपीको सेल्फी क्यामेरा छ ।

६.७ इञ्चको एचडीप्लस एलसी स्क्रिन रहेको फोनको स्टोरेज एक टिबीसम्म थप्न मिल्ने कम्पनीले जनाएको छ । फोनमा मिडियाटेक हेलियो जी८५ प्रोसेरस छ । 

५००० एमएएचको ब्याट्री रहेको फोनले २५ वाटको तिव्र चार्जिङ सर्पोट गर्छ ।
यसमा हार्डवयरविरुद्ध बलियो सुरक्षा प्रदान गर्ने नक्स भोल्ट रहेको छ । फोनमा नयाँ अपरेटिङ सिस्टम र सुरक्षा अपडेट रहेको कम्पनीले जनाएको छ ।

यो फोन कालो, हल्का निलो र नयाँ सुनौलो रंगमा उपलब्ध छ । ग्यालेक्सी ए०६ को ४ जीबी ¥याम र ६४ जीबी स्टोरेज रहेको भेरियन्टको मूल्य १५ हजार ४९९ रुपैयाँ छ । यस्तै, ४ जीबी ¥याम र १२८ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य १७ हजार ४९९ रुपैयाँ छ । ६ जीबी ¥याम र १२८ जीबी स्टोरेज रहेको ग्यालेक्सी ए०६ को मूल्य भने १९ हजार ४९९ रुपैयाँ छ ।

यो फोन इन्स्टा फाइनान्सबाट शून्य प्रतिशत ब्याजदरमा पनि किन्न सकिने र भदौ २३ गतेदेखि नेपालभर उपलब्ध हुने सामसङ नेपालले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro