site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीलाई सांसदको प्रश्न– समिति नबनाउने, महिला प्रधानमन्त्री बनाउँछु भन्नु कति जायज ? 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले प्रतिनिधिसभा नियमावलीमा व्यवस्था रहेको महिला समन्वय समिति बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरण नबनाएको आरोप लगाएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले समिति नबन्नुमा आफूहरूको दोष नभएको बताइन् ।

नियमावलीमा व्यवस्था रहेको समिति बनाउने वातावरण नबनाएर कुनै कार्यक्रममा महिलालाई प्रधानमन्त्री बनाउँछु भन्दै हिँड्नु कति जायज भन्दै उनले उनले प्रश्न गरिन् । उनले महिला प्रधानमन्त्री कहिले बनाउने भन्नेबारे जानकारी दिन प्रधानमन्त्रीलाई आग्रह पनि गरिन् ।

“प्रधानमन्त्री महिला चाँडै बनाउँछु भनेको सुनियो । प्रधानमन्त्रीज्यू, कहिलेदेखि महिला प्रधानमन्त्री बनाउँदै हुनुहुन्छ ? चाँडै संसद्‌बाट जानकारी दिन अनुरोध गर्दछु,” उनले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro