site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भीम १९औँ स्थानमा

काठमाडौं । नेपाली पौडी खेलाडी भीमबहादुर कुमालले पेरिस पारालिम्पिक–२०२४ को एस–९ क्याटगोरीको पुरुष ५० मिटर फ्रिस्टायलमा सोमबार १९औँ स्थान हासिल गरेका छन् । उनको स्पर्धामा १९ खेलाडी सहभागी थिए ।

पेरिस ला डिफेन्स एरिनामा हिट नम्बर १ मा प्रतिस्पर्धा गरेका भीमले निर्धारित दूरी ३५.०८ सेकेन्डमा पूरा गरेका नेपाली टोलीका सेफ दी मिसन समेत रहेका राष्ट्रिय पारा पौडी संघ, नेपालका अध्यक्ष सरोज श्रेष्ठले जनाएका छन् ।

५० मिटरमा भीमको व्यक्तिगत उत्कृष्ट समय ३५.८४ सेकेन्ड हो । यो समय उनले चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुदमा कायम गरेका थिए ।

भीमको प्रतिस्पर्धासँगै पेरिस पारालिम्पिकमा नेपालको प्रतिस्पर्धा सकिएको छ । पेरिस पारालिम्पिकमा नेपालबाट दुई खेलमा तीन खेलाडी सहभागी थिए ।

तेक्वान्दोकी पलेशा गोवर्धनले के–४४ महिला ५७ केजीमुनि ऐतिहासिक कांस्यपदक जितिन् । तेक्वान्दोकै अर्का खेलाडी भरतसिंह महता के–४४ क्याटगोरी पुरुष ५८ केजीमुनि पहिलो चरणबाटै बाहिरिए । तेक्वान्दो टिम बुधबार (भोलि) स्वदेश फर्कंदै छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro