site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
नेतन्याहूले मागे माफी, हमासले दियो नयाँ धम्की
तस्बिर : रोयटर्स ।

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शनिबार गाजामा मृत फेला परेका ६ बन्धकलाई फिर्ता गर्न असफल भएकामा आफ्ना नागरिकसँग माफी मागेका छन् ।

अर्कोतर्फ, युद्धविराम सम्झौता नभए अरू बन्धक पनि ‘कफन लगाएर घर फर्कने’ प्यालेस्टाइनी लडाकु समूह हमासले चेतावनी दिएको छ ।

हमाससँग वार्ता गर्ने उनको तरिकालाई लिएर इजरायलमा दोस्रो रात पनि विरोध प्रदर्शन जारी रहेका बेला नेतन्याहूले माफी मागेका हुन् ।

यस्तै, बेलायतले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्न प्रयोग हुन सक्ने भन्दै इजरायललाई थप हतियार दिन प्रतिबन्ध लगाएपछि दबाब बढ्दै गएको छ ।

तर, इजरायली प्रधानमन्त्री अझै आफ्नो अडानमा अडिग छन् । गाजाको फिलाडेल्फिया कोरिडोरलाई इजरायली सेनाले नियन्त्रणमा लिन आवश्यक रहेकामा उनले जोड दिएका छन् । हमाससँगको वार्तामा यो करिडोर प्रमुख मुद्दा बनेको छ ।

हजारौँ इजरायली सोमबार पनि सडकमा उत्रिए । बन्धकका परिवारले नेतन्याहूले आफ्ना प्रियजनलाई ११ महिनापछि पनि घर फर्काउन नसकेकामा आक्रोश व्यक्त गर्न प्रदर्शनको आह्वान गरेका थिए ।

टाइम्स अफ इजरायलका अनुसार, जेरुसेलममा प्रधानमन्त्री निवासबाहिर प्रदर्शनका क्रममा प्रहरीले ठूलो मात्रामा बल प्रयोग गरेको छ । प्रदर्शनकारीलाई बलपूर्वक पछाडि धकेलिएको छ । कतिपयलाई जमिनमा लडाइएको र धेरै प्रदर्शनकारीलाई घिसारिएको थियो ।

उक्त अखबारका अनुसार, एक प्रहरीले टाइम्स अफ इजरायलका पत्रकारको घाँटी थिचेर हत्या गर्ने प्रयास गरेका थिए ।

गएको आइतबार लाखौँ मानिस इजरायलभर सडकमा उत्रिएका थिए । तीमध्ये केही प्रदर्शनकारीले तेल अभिभको मुख्य राजमार्ग बन्द गरेका थिए ।

प्रदर्शनकारीले इजरायली झन्डा बोकेका थिए र पहेँलो रिबन लगाएका थिए । यो रिबन बन्धकसँग एकताको प्रतीक हो ।

गत वर्ष अक्टोबर ७ मा अपहरणपछि कुल ९७ इजरायली बन्धक अझै बेपत्ता छन् ।

इजरायलबाट सैन्य दबाब जारी रहे बन्धकलाई कफनमा फिर्ता गरिने सोमबार हमासका तर्फबाट चेतावनी दिइएको छ । बीबीसीबाट ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ०९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro