site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
राष्ट्रिय महिला लिग : दोस्रो चरणमा पुग्ने लक्ष्यमा प्रतिबद्ध संकटा
SkywellSkywell

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेल्ने क्लबहरूमध्ये संकटा महिला टिम बनाउने पहिलो क्लब हो । राजधानीलाई आधार बनाएर फुटबल एकेडेमी चलाइरहेको संकटा क्लबले गत वर्ष चैतमा महिला फुटबल टिम निमार्ण गरेको थियो ।

क्लब स्थापना गरेको ६ महिना पनि पूरा हुन नपाउँदै संकटाको महिला टिम अहिले राष्ट्रिय महिला लिगमा प्रतिस्पर्धा गर्ने भइसकेको छ । टोलीले भदौ १६ गतेदेखि सुरु भएको महिला लिगमा १९ गते ‘डेब्यू’ गर्ने छ । संकटाले लिगको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्ने तालिका छ ।

७० वर्षअघि सन् १९५४ मा स्थापना भएको संकटाले त्यसयता पुरुष फुटबलको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा प्रतिस्पर्धा गर्दै आएको छ । पुरुषतर्फ संकटाले वि.सं २०४२ मा ‘ए’ डिभिजन लिगको उपाधि जितिसकेको इतिहास छ ।

Dabur Nepal
NIC Asia

पुरुष फुटबलको लामो र गर्विलो इतिहास भए पनि महिलामा भर्खरै बामे सर्दै गरेको संकटा अहिले महिला लिगको पहिलो सहभागितालाई स्मरणयोग्य बनाउने लक्ष्यमा छ । तर, तीन विभागी त्रिभुवन आर्मी, एपीएफ र पुलिस क्लबसँगै मोफसलका बलिया टोली चन्द्रपुर, कोसी, सुदूरपश्चिम र कर्णाली प्रदेशबीच संकटालाई यो लक्ष्य पूरा गर्न सहज भने छैन ।

1-Sankata-Women-Team-1725288893.jpg“तयारी राम्रो छ । प्रतियोगिताका लागि एकेडेमीकै धेरै खेलाडीहरू छन् । केही विदेशी र मोफसलमा खेलिरहेका खेलाडीहरू ल्याएका छौँ,” क्लबका प्रशिक्षक रविन्द्र सिलाकारले बाह्रखरीसँग भने ।

यसपटक लिगमा कुल १० टिमले प्रतिस्पर्धा गर्दै छन् । राष्ट्रिय महिला लिगका निम्ति कर्णालीको राजधानी सुर्खेतमा भएको छनोट प्रतियोगिता भए पनि संकटा त्यहाँ प्रतिस्पर्धा गरेन । एन्फाले महिला लिगका लागि टोली (तीन छनोटबाट, तीन विभागीय) कम भएको निष्कर्ष निकाल्दै थप चार टोली सहभागी गराउने निर्णय गरेपछि संकटाले लिगमा सोझै प्रतिस्पर्धा गर्ने अवसर पाएको हो ।

एन्फाको उक्त निर्णयपछि छनोटबाट बाहिरिएको मधेस प्रदेशका दुई टिम वाग्मती युवा क्लब र चन्द्रपुर नगरपालिका र वालिङ नगरपालिकासँगै संकटाले प्रतिस्पर्धा अवसर पाएका हुन् ।

पहिलो संस्करणमा सोझै प्रवेश पाए पनि आगामी संस्करणका निम्ति भने छनोट खेल्नुपर्ने सम्भावनाबारे संकटा जानकार छ । यसैकारण संकटाको लक्ष्य छ, आगामी संस्करणमा पनि सोझै छनोट हुन लिगको शीर्ष पाँचमा रहने ।

“हामी अर्को वर्ष लिगको लागि छनोट खेल्न नपर्ने गरी नतिजा ल्याउने लक्ष्यमा छौँ । लिगको शीर्ष पाँचमा रहने टिमले आगामी संस्करणका निम्ति छनोट खेल्नु नपर्ने रहेछ,” सिलाकार थप्छन् ।

लिगको नियमअनुसार, पहिलो रोजाइमा चार विदेशी खेलाडीलाई मैदान उतार्न पाइन्छ । लिगका निम्ति संकटाले नाइजेरिया र घानाका गरी चार खेलाडी अनुबन्ध गरेको छ । विदेशी खेलाडीप्रति विश्वस्त देखिएको संकटा एन्फाले ३० जना खेलाडीमात्र दर्ता गराउन पाउने नियमप्रति भने सन्तुष्ट छैन । प्रशिक्षक सिलाकार एन्फाको यही नियमका कारण क्लब लिगलाई लिएर उत्साहितभन्दा पनि दबाब महसुस गरिरहेको बताउँछन् ।

11-Sankata-Women-Team-1725288892.jpg“क्लब उत्साहितभन्दा पनि अहिले दबाब महसुस गरिरहेको छ । शारीरिकरूपमा केटाहरूभन्दा धेरै गाह्रो हुने रहेछ । एन्फाले जम्मा ३० जना खेलाडी दर्ता गराउन मिल्ने भनेको छ,” सिलाकार भन्छन्, “त्यसअनुसार एकै पोजिसनमा दुई जनामात्र खेलाडी हुन्छन् । दुवैजना एकैपटक महिनावारी भए कुन खेलाडीलाई त्यहाँ खेलाउने भन्ने गाह्रो हुने रहेछ ।”

चार विदेशीसँगै पुनम चेम्जोङ, सुशिला नेपाली र सुस्मा महर्जन, नम्रता पुन मगरजस्ता खेलाडीको उपस्थितिले पनि टिम बलियो बनेको दाबी गर्छन्, सिलाकार ।

लेबनानमा हुने भनिएको चारदेशीय फुटबल प्रतियोगिताका निम्ति नेपाली टिमको बन्द प्रशिक्षणमा नम्रता पनि थिइन् । तर, सुरक्षाका कारण नेपालले सहभागिता नजनाउने निर्णय लिएपछि नेपाली टिमको बन्द प्रशिक्षण पनि रोकिएको थियो । 

दाङ तुल्सिपुरकी नम्रताले पछिल्लो पाँच वर्षयता नियमित फुटबल प्रशिक्षण गरिरहेकी छन् । १९ वर्षीया नम्रताको पोजिसन स्ट्राइकर हो । नम्रतासँग यसअघि धनगढी महानगरपालिकाबाट राष्ट्रिय महिला लिग खेलेको अनुवभ छ ।

“प्रशिक्षण राम्रो भइरहेको छ । बाहिरबाट पनि खेलाडीहरू आउने भएका छन् । त्यसले पनि टिमलाई अझ बलियो बनाउने आशा छ । हामी लिगको शीर्ष पाँचमा रहन्छौँ भन्ने आस छ,” नम्रताले भनिन् ।

111-Sankata-Women-Team-1725288892.jpgलिग संरचना

लिगको पहिलो चरणमा १० टिमले सिंगल राउन्ड रोबिन पद्धतिअनुसार प्रतिस्पर्धा गर्ने छन् । जसबाट शीर्ष पाँच टिमले लिगको दोस्रो चरणमा प्रवेश गर्ने छन् । दोस्रो चरण पुगेका पाँच टिमले पुनः डबल राउन्ड रोबिन पद्धतिमा प्रतिस्पर्धा गर्ने छन् ।

दोस्रो राउन्डबाट एक टिम बाहिरिँदा चार टिमले प्लेअफमा स्थान बनाउने छन् । जहाँ शीर्ष दुई टिमले फाइनलका निम्ति पहिलो क्वालिफायर खेल्ने छन् । जित्ने टिमले फाइनलमा स्थान बनाउँदा हार्ने टिमको पनि फाइनल पुग्ने टिमको सम्भावना कायमै रहन्छ । लिगको तेस्रो र चौथो हुने टिमले इलिमिनेटर खेल्ने छन् ।

हार्ने टिम बाहिरिँदा जित्ने टिमले भने पहिलो क्वालिफायर हार्ने टिमसँग दोस्रो क्वालिफायर खेल्ने छ । दोस्रो क्वालिफायरमा जित निकाल्ने टिम फाइनलमा पुग्दा हार्ने टिम भने बाहिरिने छ । 

एन्फाले यो सेमिफाइनल प्रणाली इन्डियन प्रिमियर लिग (आईपीएल)मा प्रचलनमा छ । यसअघि, नेपालमा भएको नेपाल सुपर लिग (एनएसएल) पनि यही प्रणालीमा सञ्चालन भएको थियो । तर, एन्फाले नै आयोजना गरेको प्रतियोगितामा भने यो प्रणाली पहिलोपटक प्रयोग भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ०७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu