site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वाग्मतीको सहज जितमा अस्मिताको ह्याट्रिक

काठमाडौं । अस्मिता खवासको ह्याट्रिकप्रेरित वाग्मती युवा क्लबले राष्ट्रिय महिला लिग २०२४ मा सुदूरपश्चिम प्रदेशविरुद्ध ५–१ को सहज जित निकालेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा सर्लाहीको वाग्मतीलाई जित दिलाउन अस्मिताले ह्याट्रिक गरिन् । यस्तै, साहारा लिम्बू र आरती भुजेलले समान एक गोल थपे । सुदूरपश्चिमकी तुल्चा बोहराले एक गोल फर्काइन् ।

Dabur Nepal
NIC Asia

खेलको १७औँ मिनेटमा अस्मिताले गोल गर्दै वाग्मतीलाई अग्रतामा राखेकी थिइन् । २६औँ मिनेटमा साहाराको गोलमा वाग्मतीले अग्रतालाई दोब्बर बनायो । ३७औँ मिनेटमा आरतीले गोल गरेपछि वाग्मतीले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो ।

८०औँ मिनेटमा अस्मिताले दोस्रो गोल गर्दा वाग्मतीले अग्रतालाई ४–० मा पुर्‍यायो । त्यसको दुई मिनेटपछि अस्मिताले ह्याट्रिक गर्दा वाग्मतीले अग्रतालाई ५–० मा पुर्‍याएको हो । आइतबारदेखि सुरु भएको प्रतियोगिताको यो पहिलो ह्याट्रिक हो ।

९०औँ मिनेटमा सुदूरकी तुल्चा बोहराले सान्त्वना गोल फर्काइन् ।

जितपछि वाग्मतीका सहायक प्रशिक्षक सोनम लामाले टिम लक्ष्यअनुसार प्रदर्शन गर्न सफल बनेको बताए । “हाम्रो योजना तीन अंक लिने थियो । योजनाअनुसार सफल भयौँ । हाम्रो लक्ष्य भनेको शीर्ष पाँचमा रहने हो । विदेशी खेलाडी तीन जना अनुबन्ध गरेका छौँ । विभागीय टिम पनि भएकाले लिग गाह्रो नै छ । हामीलाई सोझै खेल्ने अवसर दिनुभएको एन्फालाई धन्यवाद व्यक्त गर्न चाहन्छु । मधेसबाट दुई टिम आएको छ, चपुर र वाग्मती । दुईवटा टिम हुँदा खेलाडी बाडिएका छन् । यसले केही गाह्रो बनाएको छ,” लामाले भने ।

यस्तै, सुदूरपश्चिम प्रशिक्षक दिपेश योञ्जन लामा भने हारका बावजुद टिमको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए । “हामी सबै खेलाडी नयाँ हुन् । यति खेलेकोमा पनि म सन्तुष्ट छु । वाग्मती आफ्नै एकेडेमी भएको टिम हो । हामी दुई दिनको तयारीमा आएका छौँ,” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro