site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अवैधरूपमा बस्ने नेपाली दुई गुणा बढी रहेको पोर्चुगलमा सिफारिस राजदूतको के छ कार्ययोजना ?

काठमाडौं । पोर्चुगलका लागि नेपाली राजदूतमा सिफारिस प्रकाशमणि पौडेलले पोर्चुगलमा वैध तरिकाले बस्ने भन्दा अवैध तरिकाले बस्ने नेपालीको संख्यादुई गुणा बढी रहेको बताएका छन् । सोमबार संघीयसंसद्को संसदीय सुनुवाइसमितिमा आफ्नो सुनुवाइका क्रममा उनले उक्त तथ्यांक प्रस्तुत गरेका हुन् ।

“पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायको औपचारिक तथ्यांकअनुसार लगभग २१ हजार नेपाली नागरिक छन्,” परराष्ट्र मन्त्रालयका सहसचिव तथा कन्सुल सेवा विभागका महानिर्देशक पौडेलले भने, “तर, वास्तविक संख्या करिब ६० हजार भन्दा बढी नै रहेको भन्ने अनुमान गरिएको छ ।”

पोर्चुगलमा रहेका नेपालीमध्ये करिब एक हजार विभिन्न व्यवसायमा संलग्न रहेको उनले जनाए । विशेषगरी, कृषि, होटल, पर्यटन, र निर्माण क्षेत्रहरूमा उनीहरू संलग्न छन् । 

Dabur Nepal
NIC Asia

नेपालीहरूको यो सक्रिय सहभागिताले दुई देशबीचको आर्थिक र सांस्कृतिक सम्बन्धलाई जनस्तरमा समेत नजिक पुर्‍याइरहेको दाबी उनको थियो । नेपाली समुदायको उल्लेख्य संख्याका कारण भविष्यमा नेपालमा उनीहरूले गर्ने लगानी वृद्धि हुन सक्ने उनले जनाए ।

“पोर्चुगलमा स्थापना हुने नेपालको नयाँ दूतावासले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन मात्र होइन, त्यहाँ रहेका नेपालीहरूको हित र अधिकारको संरक्षणमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिन सकिन्छ । नेपाली समुदायको उत्थान र समृद्धिको लागि यो दूतावास एक केन्द्रबिन्दु बन्न सक्नेछ,” पौडेलले भने ।

नयाँ दूतावास स्थापना भएपछि परम्परागत कूटनीतिक अभ्यासअन्तर्गत दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदानलगायत माध्यमबाट पारस्परिक सम्बन्धलाई सुदृढ गर्ने उनले बताए । 

द्विपक्षीय संयन्त्रको बैठकलाई नियमित तुल्याउँदै त्यसका माध्यमबाट विद्यमान सम्बन्धलाई थप प्रगाढ तुल्याउने पनि आफूले गर्ने उनले जनाए । आर्थिक कूटनीतिकका विविध क्षेत्रहरू पर्यटन प्रवर्धन, नेपाली उत्पादनका लागि बजारको खोजी, श्रमबजारकोसम्भाव्यताको खोजी, नेपालमा लगानी भित्र्याउनका लागि नेपाली डायस्पोरा तथा पोर्चुगिज व्यावसायिक क्षेत्रसँग सहकार्य, पोर्चुगल सरकारबाट नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्ने प्रयास जस्ता कामहरू आफूले गर्ने पनि उनले बताए । 

सुनुवाइका क्रममा उनले आफू राजदूत नियुक्त भएमा शैक्षिक तथा सांस्कृतिक सम्बन्ध विस्तार अन्तर्गत नेपाली विद्यार्थीका लागि उच्च शिक्षाको सम्भाव्यताको खोजी, खेलकुदको क्षेत्रमा अनुभवको आदानप्रदानसम्बन्धी कार्यलाई उच्च प्राथमिकता दिने दाबी गरे । 

“पोर्चुगलबाट हाल नेपाल भ्रमणका लागि पर्यटकको संख्या नगण्यमात्रै रहेकाले नयाँ दूतावासले पर्यटन प्रवर्धनको कार्यक्रमहरू सञ्चालन गरेपश्चात् यसमा गुणात्मक वृद्धि हुन सक्ने देखिन्छ,” पौडेलले भने । 

नेपाल र पोर्चुगलबीच २५ जुलाई २०१८ मा स्थापना भएको द्विपक्षीय परामर्श संयन्त्रलाई अझै सक्रिय बनाएर त्यसमार्फत द्विपक्षीय सम्बन्धका विविध आयामलाई बलियो तुल्याउने प्रयास आफूले गर्ने उनले सुनाए ।

नेपालबाट पोर्चुगल तथा पोर्चुगलबाट नेपालमा उच्चस्तरीय राजनीतिक भ्रमणका लागि आवश्यक पहल गर्ने योजना पनि रहेको उनले बताए ।

“युरोपमा रहेका अन्य नेपाली राजदूतहरूसँग समन्वय गरी युरोपियन युनियनसँग वैदेशिक सहायता, व्यापार विस्तार तथा लगानीका क्षेत्रमा संयुक्तरूपमा आवाज उठाउन पहल गर्नेछु,” उनले भने । 

राजदूत भएर गएपछि नेपालमा पनि पोर्चुगलको दूतावास स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता उनले जनाए । सो कार्य नहुन्जेल नेपाली नागरिकको भिसाका लागि नयाँ दिल्ली पुग्नुपर्ने अवस्था अन्त्य गर्दै काठमाडौंबाट नै आवेदन दिन सक्ने व्यवस्थाका लागि अनुरोध गर्ने पनि उनले बताए ।

“दुई देशबीच हाल व्यापार अवस्था सन्तोषजनक नरहेकाले यसमा परिवर्तन ल्याउन आवश्यक पहल गर्ने छु । यस अन्तर्गत व्यापारिक टोलीको भ्रमण आदानप्रदान, पोर्चुगलमा नेपालमा उत्पादित वस्तुहरूको बजारको खोजी, व्यापार मेला तथा प्रदर्शनीमा नेपालको सहभागिता सुनिश्चित गर्ने लगायत कार्यहरूमा तदारूखताका साथ लाग्नेछु,” पौडेलले योजना सुनाए । 

खेलकुद (खासगरी फुटबल)को क्षेत्रमा पोर्चुगलको गणना महाशक्ति राष्ट्रको रूपमा गर्ने गरिएको र नेपालको खेल क्षेत्र पनि सार्क क्षेत्रमा प्रतिस्पर्धी कोटीमै पर्ने हुँदा नेपाली खेलाडीको स्तरवृद्धि गर्न थप तालिमका लागि सहयोग आदानप्रदानका लागि आवश्यक पहल गर्ने योजना उनको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro