site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साना किसान कृषि सहकारी संस्थाका प्रतिनिधिसँग छानबिन समितिको छलफल

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले साना किसान कृषि सहकारी संस्थाका प्रतिनिधिहरूसँग छलफल गरेको छ । 

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले साना किसान कृषि सहकारीले गरिरहेको कामकारबाहीदेखि भोग्नुपरेका समस्याका बारेमा प्रतिनिधिहरूसँग छलफल गरेको हो । बैठकमा २८ जनाले आ–आफ्नो संस्था सञ्चालनको अनुभव र स्थितिको जानकारी गराएका थिए । 

सो क्रममा उनीहरूले साना किसान कृषि सहकारी संस्थामा रकम दुरुपयोगको समस्या नरहेको बताएका थिए । उनीहरूले कृषिजन्य बस्तुको बजारीकरण र भुक्तानीको समस्या भने देखिएको गुनासो गरेका थिए । समिति संयोजक सूर्य थापाले धेरै असफलताकाबीच साना किसान कृषि सहकारीको सफलताले अरुलाई प्रेरणा दिने उल्लेख गरे । छलफलका क्रममा सहकारी क्षेत्रको दर्ता सूचना केन्द्र नरहेका कारण मुख्य समस्या देखिएको जिकिर गरे । 

हाल देशभर एक हजार ३६९ वटा साना किसान कृषि सहकारी संस्था सञ्चालनमा रहेका छन् । सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न संसदले गत १५ गते छानबिन समिति गठन गरेको थियो । समितिको तीन महिनाको समयअवधि भदौ २३ गते सकिँदैछ । समितिले निर्धारित समयसीमाभित्रै प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी गरेको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro