site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हााजिर हुन पुगेका पूर्वमन्त्री जोशीलाई तीन लाख ३० हजार धरौटी
चन्द्रदेव जोशी । फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं जिल्ला अदालतले ललितानिवासको जग्गा किर्ते प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीसँग तीन लाख ३० हजार रुपैयाँ धरौटी मागेको छ । जोशीसहित ३१२ जनाविरुद्ध सीआईबीको अनुसन्धानबाट जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा उनलाई धरौटीमा रिहा गर्ने आदेश भएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धानका क्रममा फरार आरोपितको सूचीमा आफ्नो नाम राखेको सार्वजनिक भएपछि उनी सीआईबीमै उपस्थित भएका थिए । तर, सीआईबीले फरार भनेरै सरकारी वकिलमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलले पनि फरार सूचीमै राखेर उनीविरुद्ध मुद्दा चलाएको थियो ।

अदालतमा फरार अभियुक्त नहुन जोशी आफैँ आइतबार (हिजो) त्यहाँ हाजिर हुन पुगेका थिए । त्यसक्रममा न्यायाधीश श्यामविहारी मौर्यको एकल इजलासले उनीसँग तीन लाख ३० हजार रुपैयाँ धरौटी मागेको हो ।

अदालतको आदेशपछि जोशी धरौटी बुझाएर घर फर्किएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

यसअघि, पूर्वमन्त्री जोशीले ललितानिवास जग्गा भ्रष्टाचार प्रकरणमा विशेष अदालतबाट सफाइ पाएका थिए ।

०६८ सालमा पशुपति टिकिन्छा गुठीको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा लगेर किर्ते काम गरेको जोशीमाथि अभियोग लगाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro