site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भागबन्डा मिलाउन गण्डकीमा फुटाइयो मन्त्रालय

पोखरा । भागबन्डा मिलाउन गण्डकी प्रदेशमा मन्त्रालय फुटाइएको छ । अब गण्डकीमा मन्त्रालयको संख्या नौ पुगेको छ । हाल कायम रहेका सातमध्ये उद्योग, पर्यटन, वन तथा वातावरणबाट वन तथा वातावरण र सामाजिक विकास तथा स्वास्थ्यबाट स्वास्थ्यलाई नयाँ मन्त्रालय कायम गरिएको हो ।

आइतबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आवश्यकता, कार्यभार र औचित्यताको आधारमा मन्त्रालय विभाजन गरिएको बताए ।

अहिले गण्डकीमा मुख्यमन्त्री पाण्डेसहित सामाजिक विकासमा विन्दुकुमार थापा, भौतिक पूर्वाधारमा दीपक मनाङे (राजीव गुरुङ), ऊर्जा, जलस्रोत तथा खानेपानीमा फणिन्द्र देवकोटा र अर्थ मन्त्रालयमा डा. टकराज गुरुङ मन्त्री छन् ।

भूमि व्यवस्था तथा कृषि मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय भने मुख्यमन्त्री आफैँले सम्हालेका छन् ।

मन्त्रालयको संख्या ९ बनाएसँगै नेकपा (एमाले) चार मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको छ । तर, उसले कुन मन्त्रालय लिने भन्ने टुंगो लागिसकेको छैन ।

एमालेबाट चार मन्त्री थपिँदा कार्यविभाजन पनि हेरफेर हुने भएको छ । एक–दुई दिनभित्रै एमाले सरकारमा सामेल हुने मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।

कांग्रेसको भागमा मुख्यमन्त्रीसहितको पाँच मन्त्रालय परेका छन् । तर, अब कांग्रेसबाट नयाँ मन्त्री थपिने छैनन् । किनभने कांग्रेसको भागमा परेका मन्त्रालयमध्ये तीनजना कांग्रेसबाटै मन्त्री बनेका छन् । बाँकी नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र निर्वाचित दीपक मनाङे मन्त्री छन् ।

गत जेठ २८ गते विश्वासको मत लिँदा मुख्यमन्त्री पाण्डेलाई देवकोटा र मनाङेले साथ दिएका थिए । त्यसकारण पनि उनले उनीहरूलाई हटाउन चाहेका छैनन् ।

केन्द्रमा गठबन्धन तलमाथि भइहाले पनि आफ्नो सरकार टिक्ने भएकाले एमालेले दुई मन्त्रीलाई हटाउनुपर्ने माग राखे पनि मुख्यमन्त्री पाण्डेले त्यसलाई इन्कार गरे ।
 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro