site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अझै जुटेन कांग्रेस महामन्त्रीका प्रतिवेदनमा सहमति : पदाधिकारी र पूर्वपदाधिकारी बस्दै 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा अझै सहमति जुटेको छैन ।

गत फागुन ७–१० सम्म गोदावरीमा भएको महासमिति बैठकबाट पारित प्रतिवेदनका विषयमा सहमति नजुट्दा केन्द्रीय समितिले अनुमोदन गर्ने वा नगर्ने टुंगो लागेको छैन । सभापति शेरबहादुर देउवाले सोही विषयमा आइतबार सानेपामा पदाधिकरी र पूर्वपदाधिकारीको बैठक आह्वान गरेका छन् ।

आजै दिउँसो २ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक डाकिएको छ । पदाधिकारी र पूर्वपदाधिकारीबीचको छलफलपछि मात्र उक्त बैठक सुरु हुनेछ ।

०८२ भित्र पार्टीको महाधिवेशन गर्ने र चुनावी गठनबन्धन नगर्ने महामन्त्री थापाको प्रस्ताव संस्थापन पक्षले स्वीकार गरेको छैन । त्यसलाई विवादित विषयका रूपमा राखिएको छ ।

अर्का महामन्त्री शर्माको प्रस्ताव ‘एक्जिट पोलेसी’अन्तर्गत १, २, ३, ४ मा संस्थापन पक्षले ग्रम्भीर प्रश्न उठाएको छ । एकै नेताले दशकौँ ओगट्ने प्रवृत्ति अन्त्यका निम्ति शर्माले कांग्रेसबाट राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपल्ट, मन्त्री तीनचोटि र सांसद चारपालिभन्दा बढी बन्न नपाइले प्रस्ताव गरेका छन् ।

उनको त्यो प्रस्ताव अव्यावहारिक मात्र नभएर आपत्तिजनक भएको संस्थापन पक्षको भनाइ छ । संस्थापनइतर पक्षका नेताहरूले समेत शर्माको प्रतिवेदनको ‘एक्जिट पोलेसी’ संसदीय व्यवस्थानको मर्मविपरीत भनेर टिप्पणी गरेका छन् ।

यी विषयमा सभापतिले दुई उपसभापति र महामन्त्री तथा पदाधिकारी र पूर्वपदाधिकारीसँग सहमतिको प्रयास गरिरहेका छन् । तर, महामन्त्री आफ्नो प्रस्तावमा अडिग र संस्थापनले यसलाई अस्वीकार गर्ने भनेका कारण सहमति भएको छैन ।

मध्यमार्ग खोजी
०८२ भित्र महाधिवेशन गर्ने विषय केन्द्रीय समितिको अधिकार भएको संस्थापन पक्षको जिकिर छ । त्यसलाई केन्द्रीय समितिमार्फत निर्णय गरी समयमै महाधिवेशन सम्पन्न गर्ने भन्ने शब्दावलीसहित सच्याएएर अघि बढ्ने विषयमा छलफल थालिएको छ ।

तर, चुनावी गठबन्धन नगर्ने विषय रणनीतिक भएकाले दस्तावेजमा राख्न नहुने संस्थापन पक्षको अडान छ । त्यसलाई ‘सार्वजनिक रूपमा मुख देखाउन मिल्ने गरी सच्याउन’ महामन्त्री थापाले भनेको उनीनिकट एक केन्द्रीय सदस्यले जानकारी दिए ।

शर्माको ‘एक्जिट पोलेसी’ भने संविधान संशोधनका बेला सम्बोधन हुने गरी प्रस्ताव लैजाने भनेर टुंग्याउने प्रयास गरिएको संस्थापन पक्षका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro