देश
काठमाडौं । देशका विभिन्न ठाउँमा हल्कादेखि भारी वर्षा भइरहेको छ । वर्षाका कारण नदी तथा खोलाको बहाव बढेको छ ।
रुपन्देहीमा आइतबार बिहान भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पछिल्लो तीन घण्टामा रुपन्देहीको भैरहवा र तिलोत्तमा वर्षामापन केन्द्र र आसपासमा भारी भएको छ । थप वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ । रोहीनी नदी र तिनाउ नदीमा बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१ ०९:५१
प्रतिक्रिया दिनुहोस्