site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
अस्ट्रेलियाको राजनीतिमा नेपालीको बढ्दो सक्रियता

अस्ट्रलिया । अस्ट्रेलियामा नेपाली समाज बढ्दै गर्दा यहाँको केन्द्रीय राजनीतिमा समेत नेपालीको उपस्थिति बलियो हुँदै गएको छ ।  पछिल्ला दुइ केन्द्रीय निर्वाचनमा दुइ नेपाली युवाहरुले सत्ताधारी दल लेबर र प्रतिपक्ष लिबरलवाट सांसदको टिकटमा चुनाव लडे । 

प्रतिस्पर्धात्मक परिणाममा हार स्वीकारे पनि अस्ट्रेलियाका ठुला राजनीतिक दलले विस्तारै नेपाली समुदायका उमेदवारहरुलाई विभिन्न जिम्मेवारीमा अगाडि बढाएको देखिन्छ ।  यसैक्रममा आगामी महिना हुने स्थानिय निर्वाचनमा लेबर पार्टीले सिड्नीको बरउड क्षेत्रको काउन्सिलमा सुकृति भट्टलाई उमेदवारको रुपमा अगाडि बढाएको छ । 

सत्ताधारी दल लेबरवाट मेयर जोन फेकरको नेतृत्वमा सुकृतिले काउन्सिलरको उमेदवारको टिकट प्राप्त गरेकी हुन् । 

एनआरएन अस्ट्रेलियामा समेत लामो अनुभव संगालेकी  सुकृति लामो समयदेखि अस्ट्रेलियामा बसेर सामाजिक कार्यमा संलग्न रहँदै आएकी छन् । 

आगामी १४ सेप्टेम्बरका न्यु साउथवेल्स राज्यमा स्थानीय निर्वाचन सम्पन्न हुँदैछ । "यो मेरो लागि मात्र नभइ हाम्रो समुदायको लागि पनि गौरवको कुरा हो," सुकृतिले उमेदवार  घोषणा कार्यक्रममा बताइन् । 

नेपालबाट अस्ट्रेलिया आएर बसिसकेपछि अब हामीले नेपालको राजनीति होइन यहाँको राजनीतिमा संलग्न हुनु पर्दछ भन्ने पुरानै मान्यता हो त्यसैले पनि म यस पटक स्थानीय राजनीतिमा उमेदवार बनेको बताइन् ।

लेबवरको पकड भएको यस क्षेत्रमा सुकृतिकाे  उमेदवारीलाई महत्वको विषयका रुपमा हेरिएको  सिड्नीका कानुन व्यवसायी  शमशेरसिंह थापाले बताए । कार्यक्रममा सांसद सेल्ली सीटौ , ज्यासोन लीलगायतले अस्ट्रेलियाको राजनीतिमा बहुसांस्कृतिक  समुदायको महत्वपूर्ण भूमिका रहेको बताए ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ०९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro