site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गरिने
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ । दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्नेछ ।

गत साउन २३ देखि जारी बैठक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति नजुट्दा भदौ ७ देखि स्थगित भएको थियो ।

आजको बैठकमा दुई महामन्त्रीको प्रतिवेदन परिमार्जनसहित पारित गरिने नेताहरूले जनाएका छन् ।

यसअघि शनिबार बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष सकिएको थियो । वर्तमान पदाधिकारीसँगै पूर्वपदाधिकारीहरू सहभागी बैठकले महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदनमाथि छलफल गरे पनि सहमति जुटाउन सकेको थिएन ।

केही दिनयता जारी केन्द्रीय समितिको बैठकमा विभिन्न प्रतिवेदनलगायत ११ एजेण्डाहरूमाथि छलफल भइरहेको छ । केन्द्रीय समिति बैठकबाट आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी संगठन तयार गर्ने निर्णयसहित अघि बढ्ने बताइएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ०८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro