site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इराकमा १५ आईएस लडाकुको मृत्यु
फाइल तस्बिर : एपी ।

बग्दाद । अमेरिका र इराकी सेनाको संयुक्त कारबाहीमा इराकको पश्चिमी मरुभूमिमा इस्लामिक स्टेट समूहका १५ लडाकु मारिएका छन् । सात अमेरिकी सैनिक घाइते भएका अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले जनाएको छ ।

सेन्टकमका अनुसार, इस्लामिक स्टेटका नेताहरूलाई लक्षित गरी स्थानीय समयानुसार बिहीबार बिहान गरिएको उक्त आक्रमणमा १५ आईएस लडाकुको मृत्यु भएको हो ।

आईएस लडाकु ‘सयौँ हातहतियार, ग्रीनेड र विस्फोटक आत्मघाती बेल्ट’ सहित सुसज्जित थिए । सेनाले घटनास्थल र वरपरका क्षेत्रमा थप खोजी जारी राखेको छ ।

आक्रमणका क्रममा पाँच अमेरिकी सैनिक र अरू दुई घाइते भएका एक रक्षा अधिकारीले जानकारी दिएका छन् । इराकी अधिकारीले उक्त क्षेत्रमा छापा मारेको जानकारी गराएको केही घण्टापछि सेन्टकमको वक्तव्य शनिबार बिहानै आएको हो । 

इराकी गुप्तचर संस्थाले ‘दुई महिनाभन्दा बढीको मानव र प्राविधिक निगरानी’ले जिहादीले प्रयोग गर्ने ‘चार सुरक्षित घर’ पहिचान गर्न अनुमति दिएको जनाएको छ ।

मृत्यु हुनेमा वरिष्ठ नेता समेत रहेको र फरेन्सिक परीक्षणको काम भइरहेको बताइएको छ ।

“इराकमा इस्लामिक स्टेट समूहका गतिविधि धेरै हदसम्म नियन्त्रण भएको भए पनि यो समूह छिटपुट र प्रभावशाली आक्रमण गर्न सक्षम छ,” संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro