site stats
बाह्रखरी :: Baahrakhari
देश
उद्योग कारागारका रूपमा विकास गरिनेछ : गृहमन्त्री 
गृहमन्त्री रमेश लेखक । फाइल तस्बिर ।

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले नुवाकोट केन्द्रीय कारागारलाई उत्पादकका रूपमा विकास गरिने बताएका छन् । नुवाकोटमा निर्मित केन्द्रीय कारागारको शनिबार उद्घाटन गर्दै उनले कैदीबन्दी थुन्ने मात्र नभई यसलाई उद्योग कारागारका रूपमा विकास गरिने बताएका हुन् ।

“यस कारागारलाई उद्योग कारागारका रूपमा विकास गर्नेछौँ, यहाँ प्रशस्त जाग्गा छ,” उनले भने, “त्यसको उपयोग गर्ने हो । कारागार विस्तार र यहाँका कैदीबन्दीलाई विभिन्न सीप सिकाएर यही कारागार परिसरभित्र विभिन्न वस्तु उत्पादन गर्न लगाइनेछ ।”

Argakhachi Cement Island Ad

कारागारमा ठूलो संख्यामा कैदीबन्दी रहने भन्दै उनले त्यसले यहाँको आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गरे ।  “यहाँ बस्ने कैदीबन्दी र सुरक्षाकर्मीले त्यहाँकै खाद्य र लुगालत्ता किन्नुहुन्छ । यसले यहाँको आर्थिक विकास हुन्छ,” उनले बताए ।

आधुनिक सुविधासम्पन्न र ठूलो कारागार बनाइएको उनले जानकारी गराए । “अत्यन्त कम भौतिक संरचनामा कैदीबन्दी राख्नुपरेको छ । यो जटिलतालाई सम्बोधन गर्न तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइराला नेतृत्वको सरकारले नुवाकोटमा सात हजार कैदीबन्दी अटाउने कारागार निर्माणको योजना बनायो । अब कैदीबन्दीको चाप घट्नेछ,” उनले भने ।

कार्यक्रम केन्द्रीय कारागार विभागका महानिर्देशक जयनारायण आचार्यले कैदीबन्दीको सबै खालका अधिकार सुरक्षित हुने गरी कारागार बनाइएको बताए । अरू देशका निम्ति पनि नेपालको यो कारागार व्यवस्थापन नमुना बन्न सक्ने उनले उल्लेख गरे ।

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्