site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एआई इमेज जेनेरेसन मोडल अपडेट गरेको गुगलको घोषणा
Tiktok banner adTiktok banner ad

वासिङटन । गुगलले एक महिना लामो अन्तरालपछि आफ्नो जेमिनी एपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) इमेज जेनेरेसन मोडल अपडेट भएको घोषणा गरेको छ ।

गुगल जेमिनी एप एआई सहायक प्रविधि हो । यसले रचनात्मकता र उत्पादकतालाई ‘सुपर चार्ज’ गर्न मद्दत गर्ने सक्नेछ । यो आधिकारिक अनुप्रयोग निःशुल्क छ । गुगलले यो वर्षको सुरुमा उक्त सुविधा रोकेको थियो ।

यो एआई ‘टेक्स्ट–टु–इमेज जेनेरेटर इमेजेन–३’ उन्नत मोडेलमा सर्ने गुगलले पुष्टि गरेको छ । यो गत मेमा विकासकर्ता सम्मेलनमा पहिलोपटक घोषणा गरिएको थियो ।

अपडेट गरिएको उक्त संस्करणमा ‘फोटोरियलिस्टिक ल्यान्डस्केप’ र टेक्स्ट कमान्डमार्फत चित्र सिर्जना गर्ने क्षमता पनि समावेश छ ।

फोटोरियलिस्टिक ल्यान्डस्केप एक प्रक्रिया हो, जसमा थ्रीडी मोडेलबाट छवि (चित्र) विकास गर्न सकिन्छ । रासस/क्यूएनए

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro