site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
डा. पुडासैनीको ‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’ प्रकाशित

काठमाडौं । कवि/नियात्राकार डा. दामोदर पुडासैनी ‘किशोर’को नयाँ कवितासंग्रह ‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’ प्रकाशित भएको छ । 

कवि पुडासैनीका ५३ वटा कविताहरू यस कृतिमा समेटिएका छन्, जुन उनले सन् २०२३ मे देखि जुलाईसम्म गरी तीन महिनामा लेखेको बताएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसका कविताहरू अमेरिकी भावभूमि, मिथक र बिम्वमा आधारित वैज्ञानिक विकासको उपलब्धि समेटेर लेखिएको कविको भनाइ छ । 

यस कविताकृतिलाई रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो । 
 

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  ०८:२८
प्रतिक्रिया दिनुहोस्