site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मती प्रदेश : विषयगत समितिबाट प्रदेश कृषि विकास विधेयक पारित

हेटौँडा । वाग्मती प्रदेशसभाअन्तर्गतका शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठकले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक आज पारित गरेको छ ।

समितिको बैठकले लामो समयदेखि विचाराधीन उक्त विद्येयकमाथि दफावार छलफलपश्चात सर्वसम्मतले पारित गरेको समितिका सचिव हेमा न्यौपानेले जानकारी दिइन् । विषयगत समितिबाट पारित भएसँगै उक्त विधेयक अब बस्ने प्रदेशसभाको बैठकमा प्रस्तुत हुने सचिव न्यौपानेले बताइन् ।

यसअघि हिजो बसेको सो समितिको बैठकले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८० दफलवार छलफलपश्चात पारित गरेको थियो । स्वास्थ्य विधेयक लामो समयदेखि समितिका विचाराधीन रहँदा प्रदेशमा स्वास्थ्य संस्था स्थापनालगायत कार्य प्रभावित हुँदै आएको थियो । रासस

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  २२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro