site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वेस्ट इन्डिज, ब्रिटिस भर्जिन आइल्यान्ड र केम्यान आइल्यान्ड्सबाट नेपालमा साढे १५ अर्बको लगानी

काठमाडौं । क्यारेबियन राष्ट्रहरूको समूह वेस्ट इन्डिज, ब्रिटिस भर्जिन आइल्यान्ड र केम्यान आइल्यान्ड्सबाट नेपालमा साढे १५ अर्ब रुपैयाँ लगानी आएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/०८०’ मा ती राष्ट्रहरूबाट नेपालमा १५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँ लगानी भित्रिएको देखाइएको छ ।

Dabur Nepal
NIC Asia

प्रतिवेदनमा आर्थिक वर्ष २०७९/०८० को अन्त्यसम्ममा नेपालमा कुल ५८ देशले दुई खर्ब ९५ अर्ब ५० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी गरेको उल्लेख छ । उक्त प्रत्यक्ष वैदेशिक लागनीमध्ये झन्डै साढे १५ अर्ब रुपैयाँ क्यारेबियन राष्ट्रहरूको समूह वेस्ट इन्डिज, ब्रिटिस भर्जिन आइल्यान्ड र केम्यान आइल्यान्ड्सबाट नेपाल भित्रिएको हो ।

कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५२.८ प्रतिशत, सञ्चिति ३३.७ प्रतिशत र कर्जाको अंश १३.५ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष १९९५/९६ देखि २०२२/२३ सम्मको २८ वर्षको अवधिमा उक्त प्रत्यक्ष वैदेशिक लगानी नेपालमा भएको हो ।
बितेको २८ वर्षमा नेपालमा भएको वैदेशिक लगानीमा छैटौँ ठूलो लगानी वेस्ट इन्डिजबाट आएको छ । कुल प्रत्येक्ष वैदेशिक लगानीको ४.८७ प्रतिशत वेस्ट इन्डिजबाट नेपालमा आएको छ ।

प्रतिवेदनमा अनुसार वेस्ट इन्डिजबाट उक्त अवधिमा नेपालमा १४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ लागनी आएको छ । जसमा चुक्ता पुँजी आठ करोड रुपैयाँ, सञ्चिति १४ अर्ब ३१ करोड ४६ लाख रुपैयाँ र कर्जा ११ लाख रुपैयाँ छ ।

क्यारेबियन टापु ब्रिटिस भर्जिन आइल्यान्डबाट नेपालमा हालसम्म ६७ करोड दुई लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी आएको छ । सोही समयमा केम्यान आइल्यान्ड्सबाट ३६ करोड ७२ लाख रुपैयाँ लगानी नेपालमा आएको प्रतिवेदनमा उल्लेख छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro