site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अन्तिम समयमा सम्हालिन नसक्दा पलेशा पारालम्पिकको क्वार्टरफाइनलमा पराजित

काठमाडौं । नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन पेरिस पारालम्किप–२०२४ को क्वार्टरफाइनलमा पराजित भएकी छन् ।

पलेशाले शुक्रबार भएको क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससँग हार बेहोरेकी हुन् । पलेशालाई फर्नान्डेसले महिला के–४४–५७ केजी तौल समूहमा १०–८ ले पराजित गरिन् । खेलको अन्तिम २० सेकेन्ड बाँकी रहँदा पनि पलेशा दुई अंकले अघि थिइन् ।

Dabur Nepal
NIC Asia

तर, यसपछि फर्नान्डेसले लगातार चार अंक जोड्दै पलेशालाई पछि पारेकी हुन् ।

यसअघि पलेशाले आफ्नो पहिलो खेलमा भेनेजुयाली प्रतिद्वन्द्वीलाई सहजै हराइन् । उनले भेनेजुयलाकी मोरालेस भालेरियालाई ३१–० ले पराजित गरेकी थिइन् ।

पेरिस पारालम्पिकमा यसअघि नेपालका भरतसिंह महताले प्रतिस्पर्धा गरेका थिए । भरत प्रतियोगिताको पहिलो चरणमै पराजित भएका थिए ।

पलेशा गत वर्ष चीनको हाङझाउमा सम्पन्न पारा एसियाली खेलकुदकी कांश्य विजेतासमेत हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro