site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालमा ५८ देशको दुई खर्ब ९५ अर्ब प्रत्यक्ष वैदेशिक लगानी

काठमाडौं । नेपालमा आर्थिक वर्ष २०७९/०८० को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी दुई खर्ब ९५ अर्ब ५० करोड रुपैयाँ कायम रहेको छ । आर्थिक वर्ष २०७८/०७९ को तुलनामा मौज्दात ११.८ प्रतिशतले वृद्धि भएको हो ।

कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५२.८ प्रतिशत, सञ्चिती ३३.७ प्रतिशत र कर्जाको अंश १३.५ प्रतिशत रहेको छ । गएको वर्ष २०८० असार मसान्तसम्ममा नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

जसमध्ये, भारतबाट सबैभन्दा बढी एक खर्ब तीन अर्ब ४५ करोड रुपैयाँ नेपाल भित्रिएको छ । यो कुल वैदेशिक लगानीको ३५ प्रतिशत हो । त्यसपछि चीनबाट ३५ अर्ब ४६ करोड, आयरल्याण्डबाट २२ अर्ब ६२ करोड, अष्ट्रेलियाबाट १९ अर्ब ६ करोड र सिंगापुरबाट १८ अर्ब ८१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ ।

औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९.४ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसैगरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको देखिन्छ ।

प्रदेशगत आधारमा नेपालमा रहेका प्रत्यक्ष लगानीमध्ये सबैभन्दा बढी वाग्मती प्रदेशमा ५९.७ प्रतिशत रहेको देखिन्छ । त्यसपछि क्रमशः गण्डकी प्रदेशमा १५.१ प्रतिशत, कोशी प्रदेशमा १४.७ प्रतिशत, मधेस प्रदेशमा ८.८ प्रतिशत रहेको छ भने लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

आर्थिक वर्ष २०७९/८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल २३८ वटा कम्पनीको नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।

वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरुको क्षमता उपयोग ६०.६९ प्रतिशत रहेको पाइएको छ भने इक्विटीको प्रतिफल करिब ११.६१ प्रतिशत रहेको पाइएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro