site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धौलीगंगाको बाँध पुनः खोल्दै भारत, महाकालीमा बाढीको सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । भारतले उत्तराखण्डस्थित पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध पुनः खोल्ने भएको छ । सिल्ट सफाइ कार्यका निम्ति बाँध खोल्न लागिएको जनाइएको छ ।

शनिबार (भोलि) दिउँसो १२ बजेदेखि आइतबार (पर्सि)सम्म बाँधका ढोका खोलिने भारतीय पक्षले नेपाली प्रशासनलाई जानकारी गराएको छ ।

बाँध खोलिँदा महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना छ । महाकाली नदीतटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।

“...मिति २०८१।०५।१५ गते दिउँसो १२ः०० बजेदेखि मिति २०८१।०५।१६ गतेसम्म र तत्पश्चात् समेत महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकोले महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्वसतर्कता अपनाउनु हुन जानकारी गराइन्छ,” दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जारी गरेको सूचनामा उल्लेख छ ।

afg-1724991948.jpg
 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro