देश
काठमाडौं । बैतडीमा भारी वर्षा भएको छ । पछिल्लो चार घण्टामा बैतडीको दैनसिलि (सिद्धापुर) वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा भएको हो ।
थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त जिल्ला भएर बग्ने स–साना नदीहरूमा जलसतह केही बढ्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१ ०५:३६
प्रतिक्रिया दिनुहोस्