site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भरतसिंह महता पराजित
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालका भरतसिंह महता पेरिस पारालिम्पिक–२०२४ अन्तर्गत तेक्वान्दोको के–४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि बिहीबार पराजित भएका छन् । पेरिसस्थित ग्रान्ड पेलेसमा भएको राउन्ड अफ १६ को खेलमा पाँचौँ विश्व वरीयताका जापानका मित्सुया तानाकाले भरतलाई १९–३ ले पराजित गरे ।

भरत विश्व वरीयताको ५७औँ स्थानमा छन् । हारसँगै भरत प्रतियोगिताबाट बाहिरिएका छन् ।

तेक्वान्दोमै पदकको आशा गरिएकी पलेशा गोबर्धनले के– ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा शुक्रबार नेपालको चुनौती प्रस्तुत गर्ने छिन् ।

भरत र पलेशासहित पारालिम्पिकमा नेपालबाट तीन खेलाडी सहभागी छन् । पौडीका भीमबहादुर कुमालले सेप्टेम्बर २ तारिखमा एस ९ क्याटगोरीको पुरुष ५० मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् ।

भरत र भीम वाइल्ड कार्ड मार्फत पारालिम्पिकका लागि छनोट भएका हुन् । पलेशाले भने छनोट चरण पार गर्दै पेरिस यात्रा पक्का गरेकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  २३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro