site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
ज्यानु–वसन्तराज मिश्र फाउन्डेसनले तीन विधामा दियो पुरस्कार

काठमाडौं । ज्यानु–वसन्तराज मिश्र फाउन्डेसनले तीन विधामा पुरस्कार प्रदान गरेको छ । फाउन्डेसनले बिहीबार काठमाडौंमा आयोजना गरेको विशेष समारोहमा वातावरण संरक्षण, शिक्षा र पत्रकारिता विधामा पुरस्कार प्रदान गरेको हो ।

फाउन्डेसनले सुरज कुँवरलाई पर्यटन पत्रकारिता पुरस्कार, लोकराज मिश्र वातावरण संरक्षण पुरस्कारबाट 'एन्टी पोचिङ युनिट' चितवन राष्ट्रिय निकुञ्ज कसरालाई र दुर्गादेवी मिश्र शिक्षा पुरस्कार बाघखोर अमलटारी नवलपरासीस्थित दुर्गा भवानी प्राथमिक विद्यालयलाई प्रदान गरेको हो ।

Dabur Nepal

पुरस्कृत व्यक्ति तथा संस्थालाई जनही तीन लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो ।

०७८ मंसिर २४ गते स्थापना भएको फाउन्डेसनको संस्थापक अध्यक्ष वसन्तराज मिश्र र संस्थापक ज्यानू मिश्र छन् । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ विशेष सल्लाहकार छन् ।

संस्थाका ट्रस्टिजमा मनदेवी भण्डारी, क्याप्टेन रामेश्वर थापा, आर्टिटेक्ट अरूण पन्त, पत्रकार प्रतीक प्रधान, मधु आचार्य, पियुष मिश्र, ब्रजेश मिश्र तथा रीता जे प्रधान छन् । संस्थाको सचिव राजेन्द्रकुमार महर्जन छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  २१:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro