देश
काठमाडौं । उदयपुरमा बिहीबार साँझ भारी वर्षा भएको छ ।
उदयपुरको चुरेमाई वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । थप वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।
सो जिल्ला भई बहने त्रियुगा नदी तथा यसका सहायक नदीहरूमा र अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेले सर्तकता अपनाउन विभागले अनुरोध गरेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१ १७:३६
प्रतिक्रिया दिनुहोस्