site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुन तस्करीको सही ढंगले छानबिन गरेको भए माओवादी ‘हेडक्वार्टर’मा कोही बाँकी रहँदैन थिए : पदम गिरी

काठमाडौं । नेकपा (एमाले)का सांसद पदम गिरीले सुन तस्करीको सही ढंगबाट छानबिन नगरेर तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेकपा (माओवादी केन्द्र)का शीर्ष नेतालाई जोगाउने काम गरेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो आरोप लगाएका हुन् ।

सही ढंगबाट छानबिन गरिएको भए माओवादीका शीर्ष तहका कोही नेता बाँकी नरहने उनले जिकिर गरे । उनले सुशासनका ठूलाठूला कुरा गर्ने तर बालुवाटारको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई कारबाही गर्न नसकी उन्मुक्ति दिइएको बताए ।

गणतन्त्रपछिका आठ वर्ष ऊर्जा मन्त्रालयको नेतृत्व माओवादीले लिएको र त्यस अवधिमा किन विद्युत्को बक्यौता नउठाइएको भन्दै प्रश्न गरे । ट्रंकलाइन र डेडिकेटेड लाइनको बक्यौता उठाउन नसक्नेले वर्तमान सरकारलाई हिलो नछ्याप्न उनले चेतावनी समेत दिए ।

प्रतिनिधिसभा बैठकमा सांसद पदम गिरीको भनाइ पढ्नोस्–
नेकपा (माओवादी केन्द्र)तिर फर्किएर कुनै प्रश्न गर्न म आएको होइन । हिजोको सरकारतिर फर्किएर प्रश्न गर्न मन थिएन । तर, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जुन प्रश्नहरू संसद्मा तेर्स्याउनुभयो, त्यसलाई हामीले टुलुटुलु हेरेर बस्न सक्दैनौँ । म सुशासनको पक्षमा छु । म ट्रंकलाइन र डेडिकेटेड लाइनमा राज्यले लिनुपर्ने २२ अर्ब बक्यौता उठाउने पक्षमा थिएँ । अहिलेको सरकारले त्यो उठाउन दिएन भन्ने प्रकारले हिलो छ्याप्ने कोसिस गर्नुभयो । म उहाँलाई प्रश्न सोध्न चाहन्छु– तपाईंहरूले ऊर्जा मन्त्रालय सम्हालेको पछिल्लो आठ वर्ष भयो । निरन्तर आठ वर्ष ऊर्जा मन्त्रालयको नेतृत्व गरिरहँदा किन आजसम्म बक्यौता उठाउन चाहनु भएन ? किन बक्यौता उठाउनेतिर लाग्नु भएन ? उद्योगी, व्यापारीहरूले तिर्नुपर्ने बिल कति हो टीओडी मिटरअनुसार भन्ने कुरा आज पनि दिन सकेको छैन, किन प्राधिकरणले दिन चाहँदैन ? सुशासनको कुरा गर्नुभयो, ललितानिवासको जग्गालाई व्यक्तिका नाममा सुम्पने हर्कत गर्ने मानिसलाई कारबाहीको दायरामा ल्यायौँ भन्नुभयो । अनुसन्धानको दायरामा ल्याई कारबाही अघि बढाउन भनेको थियो सर्वोच्च अदालतले, तर पूर्वप्रधानमन्त्रीमाथि छानबिन गर्न तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनको बैठक बोलाएर हामी अनुसन्धान गर्न सक्दैनौँ भनेको होइन ? जनताको आक्रोश थेग्न नसकेपछि घरघरमा सीआईबी पठाएर अनुसन्धान गर्न खोजेको जस्तो गरी उन्मुक्ति दिने काम गरेको हो कि होइन ? त्यही हो सुशासनको पक्षमा उभिएको ? कमरेड प्रचण्ड नेतृत्वको सरकारको पालामा इतिहास रच्ने काम भयो । सायद यसको सही ढंगले छानबिन भएको भए, पारदर्शी ढंगले छानबिन भएको भए सायद तपाईंको पार्टीको हेडक्वार्टरमा कोही मानिस बाँकी रहँदैन थिए, यो म भन्न सक्छु । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro