site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विपक्षी ‘वाच डग’ हो, आफ्नो ड्युटी पूरा गर्छ : माधव सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले ‘आई लभ यू’ केपी बा भनिदिनुपर्ने ? भनि सत्तापक्ष सांसदलाई सोधेका छन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिमाथि सत्तापक्षले आपत्ति जनाएपछि उनले जवाफ दिँदै त्यस्तो भनेका हुन् । 

“प्राधिकरणका दुईजना सञ्चालकले बक्यौता उठाउनुपर्छ भन्दा अपदस्त गरेको होइन ? त्यो महान कार्य हो भनेर ‘आई लभ यू’ केपी बा भनिदिनुपर्ने हामीले ? आईएम विथ केपी ओली भनिदिनुपर्ने ?,” उनको प्रश्न छ । 

उनले सशस्त्र संघर्षलाई एमाले सांसद योगेश भट्टराईले हिंसा भनेकोमा आपत्ति जनाए । आन्दोलनलाई अवमूल्यन गर्ने अधिकार नभएको चेतावनी दिए । “आन्दोलनलाई अवमूल्यन गर्ने अधिकार छैन । कमरेड योगेश भट्टराईलाई आफ्नो नेतृत्वको चाकडी गर्ने स्वतन्त्रता छ,” उनले भने, “जनयुद्धका बारेमा विरोध गर्न उहाँको बैठक, भेलामा उहाँलाई स्वतन्त्रता छ ।” 

उनले प्रतिपक्षले संघर्ष गर्ने भन्दै त्यसका लागि सत्तापक्ष तयार रहन चेतावनी पनि दिए । “विपक्षी भनेको ‘वाच डग’ हो । उसले आफ्नो ड्युटी पूरा गर्छ,” उनले भने । उनले संसद्मा वैचारिक बहस गर्न अपिल गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro