site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डलाई बाँस्कोटाको जवाफ– लेखा समितिले नपुगे शक्तिशाली छानबिन समिति बनाऔँ 

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले डेटिकेड तथा ट्रंकलाइनको बक्यौता रकम किन उठाइए भनेर छानबिनका निम्ति शक्तिशाली समिति गठनको माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी अध्यक्ष केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जवाफ दिँदै उनले यस्तो माग गरेका हुन् ।

गएको मंगलबारको संसद् बैठकमा प्रचण्डले प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको काम–कारबाहीमाथि प्रश्न उठाउँदै धम्की दिएको उनले उल्लेख गरे । उनले छानबिनपछि माफियालाई कसले संरक्षण कसले भन्ने स्पष्ट हुने बताए ।

“लेखा समितिले पुग्दैन भने संसद्‌बाट एउटा शक्तिशाली छानबिन समिति गठन गरियोस् । किन २२ अर्ब उठेन, कसका कारणले उठेन, कसले पत्र लेखेर रोक्यो ?,” उनले प्रश्न गरे ।

नेपाल विद्युत् प्राधिकरणमा सात वर्षदेखि एकै व्यक्तिले नेतृत्व गरेको भन्दै उनले अरू कम्पनीको आर्थिक अवस्था के छ भनेर हेरिनुपर्नेमा जोड दिए । उनले प्रचण्डले नै बक्यौता रकम नउठाउन भनेको आरोप समेत लगाए ।  प्रचण्डले ‘नतिरे हुन्छ’ भन्ने पत्र लेखेको भन्दै बाँस्कोटाले त्यसको जवाफ पनि उनलै दिनुपर्ने बताए ।

लेखा समितिको चुनाव गराऔंँ भनेकामा आफूमाथि संगठनात्मक रूपमा आक्षेप लगाइएको उनले उल्लेख गरे ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro