site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गौरा पर्वमा पक्राउ परेकालाई छोड्न संसद्‌मा माओवादीको माग
Tiktok banner adTiktok banner ad

काठमाडौं । गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी गरेको आरोपमा पक्राउ परेकालाई छोड्न सांसदहरूले माग गरेका छन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले पक्राउ परेका तीनजनालाई रिहा गर्न माग गरेका हुन् । 

भदौ १० मा सुदूरपश्मिमा मनाइने गौरा काठमाडौंको टुँडिखेलमा आयोजना गरिएको थियो । सोही कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत सहभागी थिए ।

सोही क्रममा गौरा खेल्न पुगेका युवाहरूले प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाविरुद्ध नाराजुलुस गरेका थिए । नाराजुसुल गर्ने कन्चनपुरका दीपक सिंह ठगुन्ना, सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढा पक्राउ परेका थिए ।उनीहरूलाई सार्वजनिक शान्तिविरूद्धको कसुरमा मुद्दा चलाएर प्रहरीले थुनामा राखेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro