site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘भानु साहित्य उद्यान’को अध्यक्षमा विजयराज भट्टराई चयन
SkywellSkywell

काठमाडौं । ‘भानु साहित्य उद्यान’ संस्थाको दोस्रो साधारणसभा सम्पन्न भएको छ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घालाई साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्ने पुनित उद्देश्य बोकेर यो संस्था अगाडि बढेको छ । 

बुधबार काठमाडौंमा सम्पन्न साधारणसभाले विजयराज भट्टराईलाई संस्थाको अध्यक्षमा चयन गरेको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा प्रा.डा. जीवराज पोखरेल, उपाध्यक्षमा विधान आचार्य तथा श्रीभक्त आचार्य, महासचिवमा प्रा.डा. व्रतराज आचार्य, सचिवमा ई. कर्णबहादुर राणाभाट, ऋषभदेव घिमिरे तथा रामकुमार श्रेष्ठ र कोषाध्यक्षमा मुकुन्द पौडेललाई सर्वसम्मत चयन गरेको छ । 

Dabur Nepal
NIC Asia

सभाले संस्थाका सदस्यहरूमा रामकाजी कोने, राजेन्द्र शलभ, अजय श्रेष्ठ, भीम उदास, प्रदीप आचार्य, लक्ष्मीप्रसाद आचार्य, नारायणी अधिकारी र अक्रुर पियालाई चयन गरेको छ ।

तनहुँको भानु नगरपालिका, वडा नं ४ मा रहेको करिब ४०० रोपनी क्षेत्रफलमा निर्माण गरिने भानु साहित्य उद्यानको योजनामाथि समीक्षा बैठक समेत भएको सभामा संस्थाका सचिव कर्णबहादुर राणाभाटले गुरुयोजना तर्जुमासहितको प्रतिवेदन प्रस्तुत गरे । 

भानु नगरपालिकाका कार्यकारी अधिकृत दिवाकर पौडेलले भानु साहित्य उद्यानको प्रगति समीक्षा प्रस्तुत गरेका थिए । 

प्रा.डा. जयराज आचार्यको सभापतित्वमा सम्पन्न साधारणसभामा राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश पढेर सुनाइएको थियो । साधारणसभाले विभिन्न प्रतिवेदनहरू पारित गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu