site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न सबै पक्ष मिल्नुपर्छ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न सबै मिलेर काम गनुपर्ने बताएका छन् । बुधबार भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापीलगायत अत्याधुनीक स्वास्थ्य उपकरणबाट सेवा सुरु गर्दै पौडेलले सरकारी अस्पतालबाट जनताले लिने सेवासुविधा बढाउँदै सहज गर्न सबै मिलेर काम गर्नुपर्ने बताए । 

उनले तीनै तहका सरकार मिलेर अस्पतालको सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । मन्त्री पौडेलले सरकारी अस्पतालको सेवा समयमा चिकित्सक पूर्णरुपमा अस्पतालमा केन्द्रित हुनुपर्ने र कार्यालय समयपछाडि पनि आवश्यक परे सेवा दिनका लागि तयार हुनुपर्ने बताए । 

सरकारी अस्पतालको विद्युत् महसुलमा आधा छुट दिने गरी मन्त्रालयले योजना तयार गरिरहेको उनको भनाइ छ । उनले चिकित्सकको सुरक्षाको सम्पूर्ण ग्यारेन्टी सरकारले लिने बताए । 

यसैबीच, देशका सरकारी क्यान्सर अस्पतालको ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने भएको छ । संघअन्तर्गतका भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गराउन मन्त्रालयमा दुवै पक्षबीच सम्झौता भएको हो ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १७:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro