site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वित्तीय उत्तरदायित्व ऐनबाट अर्थ मन्त्रालयको तजबिजी बढ्छ कि भन्ने डर छ : स्वर्णिम वाग्ले
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले हाल संशोधन गर्न लागिएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमा गरिएको व्यवस्थाका कारण अर्थ मन्त्रालयको तजबिजी बढ्ने संकेत देखिएको बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद वाग्लेले यस्तो बताएका हुन् ।

पहिले नै ल्याउने भनिएको ऐन अहिले ल्याउँदा पनि राम्रो हुने उनको भनाइ छ । तर, ऐनमा अर्थ मन्त्रालयलाई बढी अधिकार दिइएकोले अरू मन्त्रालयलाई अधिकार खोसिने हुन् कि भन्ने प्रश्न उब्जिएको उनको भनाइ छ । अहिलेको विधेयक ठीक भएको भन्दै अर्थ मन्त्रालय विधि र स्वनियमनमा बाँधिनुपर्ने उनको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“अर्थ मन्त्रालयले हामीलाई कज्यायो, नियममा बाँध्न खोज्यो भनेर अरू मन्त्रालयबाट आलोचना खेप्दै आएको छ । मलाई डर केमा छ भने सबै अधिकार अर्थ मन्त्रालयले राखेर अरू मन्त्रालयलाई कज्याउँला कि ?,” उनले भने, “अर्थ मन्त्रालय पनि स्वनियमनमा बाँधिनुपर्छ । अरूलाई नियममा बाँधेर आफू तजबिजीमा गयो भने सबै अनुशासन भंग हुन्छ ।”

ऐनमा आएका मर्महरू ठीक रहेको उनले बताए । आफ्नो र आफ्नो दलको सैद्धान्तिक समर्थन रहेको वाग्लेले बताए ।

 

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्