site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
धितोपत्र ऐन संशोधनसम्बन्धी विधेयक खारेज गर्न सुमना श्रेष्ठको माग
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले धितोपत्रसम्बन्धी कानुन संशोधन गर्ने विधेयकमा गम्भीर प्रश्न उठाएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा पूर्वशिक्षामन्त्री समेत रहेकी श्रेष्ठले धितोपत्रसम्बन्धी संशोधन विधेयकको फाइलमा अमुक 'ल फर्म'को नाम रहेको बताएकी छन् । उनले विधेयक नै खारेजीको माग गरेकी छन् ।

“पार्लियामेन्टको वेबसाइटमा भएको विधेयक डाउनलोड गरेर राइट क्लिक गरेर त्यसको अर्थर हर्नुस् । त्यसमा एउटा अमुक ल फर्मको नाम छ,” श्रेष्ठले भनिन्, “अर्थ मन्त्रालयको सबै माइक्रोसफ्ट त्यो ल फर्मले किनिदिएको हो कि ? त्यो विधेयक नै ल फर्ममा गएर ड्राफ्ट गरिएको हो ?” 

उनले त्यो ल फर्मले ड्राफ्ट गरेको भए सरकारले आउट सोर्सिङ गरेको कागजात पेस गर्नुपर्ने माग गरिन् ।

“यदि यो धितोपत्र ऐन संशोधनसम्बन्धी विधेयक अमुक ल फर्मले बनाएको हो भने यो खारेज गरेर अर्को दर्ता गर्नुपर्‍यो,” श्रेष्ठले भनिन् ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro