site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपमहासचिवमा पराजित भएपछि जीवन श्रेष्ठले दिए कार्यालय सचिवबाट राजीनामा

काठमाडौं । उपमहासचिव पदमा पराजित भएपछि जीवनराम श्रेष्ठले नेकपा (एकीकृत समाजवादी)को कार्यालय सचिवको जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

मंगलबार भएको निर्वाचनमा उनी उपमहासचिव पदमा पराजित भएका थिए । उनले ०८० असोज २४ गते कार्यालय सचिवको जिम्मेवारी पाएका थिए । असारमा भएको महाधिवेशनपछि चुनिएको ९३ सदस्यीय केन्द्रीय कमिटीले उनलाई नै कार्यालय सचिवको जिम्मेवारी तोकेको थियो ।

उनले उपमहासचिव पदमा पराजित भएपछि आफूले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।

“निर्वाचनमा पराजित भएपछि उक्त जिम्मेवारी लिन नैतिकरूपमा बस्न उपयुक्त नहुने भएकाले मैले अध्यक्षलाई राजीनामा बुझाएको छ,” उनले बाह्रखरीसँग भने ।

महाधिवेशनमा विवेकभन्दा पनि नेतृत्वको आदेश प्रयोग हुँदा आफू पराजित भएको उनको भनाइ छ । 

“महाधिवेशनमा पुस्तान्तरण गर्नुपर्छ भन्ने ऐजेन्डा अघि बढायौँ, जुनकुरा सह्य भएन,” उनी भन्छन्, “केन्द्रीय सदस्यसमेत चुनेर ल्याएर चुनाव गराइयो, हलबाट चुनाव गर्दा फरक हुन्थ्यो । पकेटबाट केन्द्रीय सदस्य ल्याएर गराइएको चुनावको नतिजा हुने यस्तै नै हो ।”

उनले चुनावी नतिजा भने स्वीकार गर्ने बताए ।‍

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro