site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ममता काफ्ले बेपत्ता प्रकरण : अझै भेटिएको छैन ठोस प्रमाण, के भन्छ प्रहरी ?

काठमाडौ । ममता काफ्ले बेपत्ता भएको एक महिना पुगेको छ । एक महिनायता उनलाई न कसैले देखेको छ, न उनको अवस्थाबारे कसैलाई जानकारी छ । अमेरिकास्थित भर्जिनियाको मनसास पार्क प्रहरीले उनको खोजी त गरिरहेको छ, तर ठोस उपलब्धि हासिल गर्न सकेको छैन ।

उनका श्रीमान् नरेश भट्टमाथि हत्याको आरोप लागेको छ । अगस्ट २२ मा नरेशमाथि ममताको हत्या गरेर शव लुकाएको अभियोग लगाइएको थियो । उनी २३ अगस्ट र २६ अगस्ट गरी दुईपटक प्रिन्स विलियम अदालतमा उपस्थित भइसकेका छन् ।

तर, नरेशले हत्याको आरोप निरन्तर अस्वीकार गर्दै आएका छन् । बरु आफैँ पीडित बनेको उनको दाबी छ । अर्कोतर्फ अनुसन्धान अधिकारीहरूले हत्याको संकेत गर्ने केही प्रमाणहरू फेला पारे पनि ठोस प्रमाण भेटाउन सकेका छैनन् ।

मानासस पार्कका प्रहरी प्रमुख मारियो लुगोले आफूहरूले सक्रियरूपमा ममताको खोजी गरिरहेको बताएका छन् । उनले आफूहरूले थप प्रमाणहरू फेला पारेको पनि बताएका छन् । तर, नयाँ प्रमाणबारे खोल्न नमिल्ने बताए ।

मानासस पार्कका प्रहरी प्रमुखले आफूहरूले एफबीआई, भन्सार सीमा गस्तीको टोली र जासुसी निकायसँग मिलेर अनुसन्धान गरिरहेको बताएका छन् ।

उनले आफूलाई अहिलेसम्म ममता जीवित रहेको विश्वासन नभएको पनि बताए । "भन्न त मन छैन, तर मलाई ममता जीवित रहेको लाग्दैन," उनले भनेका छन् ।

यसअघि, मंगलबार अदालतका सुनुवाइका क्रममा महेशले ममता बेपत्ता हुनु केही महिना अगाडि 'श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ' भनेर गुगलमा खोजेको पाइएको तथ्य बाहिरिएको थियो ।

उनले आफूले काम गर्ने सरकारी कार्यालयको कम्प्युटरमा 'श्रीमतीको मृत्यु भएपछि विवाह गर्न कति समय लाग्छ' भनेर खोजेको पाइएको जनाइएको छ ।

अदालतमा अभियोजकहरूले नरेशले चान्टिलीको वालमार्टबाट तीनवटा चक्कु खरिद गरेको प्रमाण आफूहरूसँग रहेको पनि बताएका छन् ।

गत हप्तामात्र अनुसन्धान अधिकारीहरूले उनको उत्तरी भर्जिनियाको घरमा खानतलासी गर्दा ममताको हत्या गरिएको संकेत भेटाएका थिए । अदालतमा अभियोजनकर्ता सारा सामीले मास्टर बेडरुम र बाथरुममा देखिएको रगतको मात्राले ममता अब जीवित नरहेको संकेत गर्ने बताएकी थिइन् ।

तर, परीक्षणबाट उनीहरूको घरमा भेटिएको रगत ममताको हो/होइन भन्ने पुष्टि हुन सकेको छैन । तर, प्रारम्भिक परीक्षणमा मानव रगत भएको निष्कर्ष निकालिएको छ ।

ममता आफ्ना साथीहरू र परिवारसँग नियमितरूपमा सम्पर्कमै रहन्थिन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय थिइन् । तर, जुलाई २९ मा उनको फोन बन्द भयो । त्यसपछि अन्तिमपटक अगस्ट १ मा उनको फोन लोकेट गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ११:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro