site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वर्तमान सरकार 'लुटेराहरूको सरकार' हो : प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वर्तमान सरकार 'लुटेराहरूको सरकार' भएको आरोप लगाएका छन् । काठमाडौंमा मंगलबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकको उद्घाटन सत्रमा अध्यक्ष साहले वर्तमान सरकारले जनताका लागि केही गर्न नसक्ने बताए ।

प्रमुख पार्टीका शीर्ष नेताको सत्ता स्वार्थले सबैलाई लज्जित बनाएको उनको भनाइ छ । साहले अति राजनैतिक गतिविधिले प्रदेश र स्थानीय सरकार सहजरूपमा चल्न नसकेको पनि बताए ।

उनले राज्यको मातहत रहेका संस्थाहरूलाई दोहन गरेर डुबाउन लागिपरेको पनि आरोप लगाए ।

"जनता केही पनि होइनन् भन्ने सन्देश गएको छ । दुई दलका प्रमुख नेता, दुई नेताको सत्ता स्वार्थले मेरो विचारमा लाज पनि लजाएको छ । विश्वासमाथि पनि विश्वास छैन । जनतालाई एउटा वाचा गरेर काम अर्को गर्दा आउने पुस्ताले के सिक्ने तपाईंहरूबाट ? यसको प्रश्न सोध्दा जनतालाई अराजक देख्छ," उनले भने ।

वर्तमान सरकार र दलहरूले जनतालाई सहज जीवनयापन नदिने भन्दै अध्यक्ष साहले तेस्रो जनआन्दोलनको आवश्यकता रहेको बताए ।

आम जनता पार्टीको केन्द्रीय समितिको बैठक मंगलबार र बुधबार चल्ने कार्यतालिका छ । बैठकले सडक आन्दोलनका कार्यक्रम तय गर्ने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro