site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२५औँ ग्राडस्लामको उपाधि यात्रामा जोकोभिचको सुखद सुरुआत 

काठमाडौं । करियरको कीर्तिमानी २५औँ ग्रान्डस्लामको लक्ष्यसहित कोर्ट उत्रिएका नोभाक जोकोभिचले यूएस ओपनमा सुखद सुरुआत गरेका छन् । 

वर्षको चौथो तथा अन्तिम ग्रान्डस्लाम यूएस ओपनको पहिलो चरणमा जोकोभिचले राडु अल्बोटलाई सोझो सेटमा निराश बनाए । 

सर्वियन स्टार जोकोभिचले अल्बोटविरुद्ध ६–२ ६–२ ६–२ को स्कोरमा जित निकालेका हुन् । २३ दिनअघि मात्र पेरिस ओलम्पिकको पुरुष एकलतर्फ स्वर्ण जितेका जोकोभिचले यूएस ओपनको उपाधि जिते टेनिसमा सबैभन्दा धेरै ग्रान्डस्लाम जित्ने खेलाडी बन्नेछन् । 

टेनिसमा जोकोभिचसँगै अस्ट्रेलियाकी मार्गरेट कोर्टले समान २४ पटक ग्रान्डस्लामको उपाधि जितेका छन् । ओलम्पिकमा स्वर्ण जिते पनि जोकोभिचले यो वर्ष भने ग्रान्डस्लामको उपाधि जितेका छैनन् । जोकोभिचले सन् २०१७ यता प्रत्येक वर्ष कम्तीमा एउटा ग्रान्डस्लाम चुमेको इतिहास छ । 

प्रतियोगिताको दोस्रो चरणमा जोकोभिचले लास्लो जेरेविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । अगस्ट २६ देखि सुरु भएको प्रतियोगिताको दोस्रो दिन भारतीय टेनिस स्टार सुमित नगाल पहिलो चरणमै पराजित भए । नगाललाई टालोन ग्रिस्कपुरले ६–१ ६–३ ६–६ (८–६) को स्कोरमा पराजित गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro