राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले नेपाली कांग्रेस र नेकपा (एमाले)को सत्ता गठबन्धनले मुलुकमा राज्यशक्तिको दोहन गरिरहेको आरोप लगाएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकको शून्य समयमा उनले यस्तो बताएका हुन् ।
प्रदेशमा मन्त्री र राज्यमन्त्री बढाउने दुई ठूला दलको गठबन्धनले राज्यशक्तिको दोहन गरिरहेको स्पष्ट भएको सांसद सापकोटाको भनाइ थियो । उनले दुई ठूला दलको सत्ता गठबन्धनको धरातल पनि कमजोर रहेको जिकिर गरे ।
सांसद सापकोटाले ठूला दलले प्रदेश सरकार बनाउने कामलाई अझै पूर्णता दिन नसकेकामा पनि असन्तुष्टि व्यक्त गरे । न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१ १४:२३
प्रतिक्रिया दिनुहोस्