site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मर्यादाक्रमका आधारमा कर्मचारीको तलब समान गर्ने फैसलाविरुद्ध सरकारको ‘भ्याकेट’

काठमाडौं । सरकार मातहतका निजामती र सुरक्षा निकायबीच समान तहमा समान तलब निर्धारण हुनुपर्ने फैसलाविरुद्ध सरकारले पुनरावलोकन निवेदन ‘भ्याकेट’ गरेको छ । 

समान तहमा रहेर पनि तलबमान कम भएकाहरूको समान बनाउने गरी वृद्धि हुनुपर्ने फैसलाविरुद्ध सरकारले सर्वोच्च अदालतमा भ्याकेट गरेको हो । महान्यायाधिवक्ता कार्यालयकै न्यायाधिवक्ताहरूले दायर गरेको रिटमा भएको फैसलाविरुद्ध सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत नै भ्याकेट दर्ता गराएको हो । 

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार सरकारको निर्णयका आधारमा महान्यायाधिवक्ता कार्यालयले गत आइतबार पुनरावलोकनको निवेदन दर्ता गरेको हो । दाहालका अनुसार सरकारले मर्यादाक्रम र तलब भिन्न विषय भएको भन्दै त्यसकै आधारमा समान तलब कार्यान्वयन गर्न नसकिने भनेको छ ।

“तलब भत्ताको विषय र मर्यादाक्रमको विषय छुट्टै हुन्,” सरकारले भ्याकेटबारे दाहालले भने, “यो जुडिसियल म्यानेजेवल विषय होइन भनिएको छ ।” उनका अनुसार त्यसकै आधारमा सर्वोच्चको फैसला पुनरावलोकन हुनुपर्ने दाबी सरकारले लिएको छ ।  

महान्यायाधिवक्ता कार्यालयका अधिकारीहरूकै अगुवाइमा दायर रिटमा भएको फैसलाविरुद्ध महान्याधिवक्ताले नै भ्याकेट दर्ता गरिदिनुभयो भन्ने प्रश्नमा उनले महान्यायाधिवक्ता कार्यालयले आफ्नो जिम्मेवारी पूरा गरेको बताए । “सरकारले निर्णय गरेर पठायो, हामीले दर्ता गर्ने जिम्मेवारी पूरा गरेका हौँ,” प्रवक्ता दाहालले भने ।

सर्वोच्च अदालतको फैसला अन्तिम मानिने भए पनि नजिरसँग बाझिने वा नयाँ प्रमाण फेला परेको अवस्थामा फैसला पुनरावलोकनका लागि निवेदन दिन पाउने व्यवस्था छ । दुई न्यायाधीशको इजलासबाट भएको फैसलामा त्योभन्दा ठूलो (पूर्ण) इजलासबाट पुनरावलोकन हुने आदेश भएमा मात्र सरकारको भ्याकेटमा सुनुवाइ हुन्छ ।

गत असार १० मा सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले मर्यादाक्रमका आधारमा कर्मचारीको तलबमान निर्धारण गर्न सरकारका नाममा परमादेश जारी गरेको थियो । झन्डै दुई वर्षअघि २०८० पुस २६ मा निजामती सेवाको सहसचिव, उपसचिव र शाखा अधिकृतस्तरका कर्मचारीले २०७९ साउन १ गतेदेखि लागु हुनेगरी सरकारले निर्धारण गरेको तलबमानमा असहमति जनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro