site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थोडक्स चिया : भारतीय बजारको विकल्प खोज्नुपर्नेमा मन्त्री अधिकारीको जोड

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा उत्पादित अर्थोडक्स चिया बजारीकरणलाई आवश्यक सहजीकरण गर्ने बताएका छन् । 

नेपालमा उत्पादित अर्थोडक्स चिया प्रतिस्पर्धा एवं ५८ कारखानाका एक सयभन्दा बढी प्रकारकोे चिया प्रदर्शनी कार्यक्रमको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै अधिकारीले अर्थोडक्स चियाले विश्वका उत्कृष्ट चियासँग प्रतिस्पर्धा गर्नसक्ने बताए । यसको बजारीकरणलाई सरकारले सहजीकरण गर्ने उनको भनाइ छ । 

मन्त्री अधिकारीले नेपाली चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्नेमा जोड दिए । नेपालको अर्थोडक्स चिया परम्परा र संस्कृतिमा गहिरो सम्बन्ध भएको सम्पदासमेत भएको उनको भनाइ छ । 

उनले नेपाली चियाको आन्तरिक खपत वृद्धि गर्न गुणस्तर सुधारमा केन्द्रित हुनुपर्ने बताए । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro